

सस्तो र गुणस्तरीय कपडा पसलको खोजिमा हुनुहुन्छ ? प्रांशु फेसन कलेक्शन बाणगंगाको दर्शन चोकमा जानुहोस्



कपिलवस्तुको बाणगंगा नगरपालिका( ४ दर्शन चोकमा १ महिना अघि सञ्चालनमा आएको प्रांशु फेसन कलेक्शन अहिले कपिलवस्तुको सस्तो कपडा पसलको पहिचान बनाउन सफल भएको छ ।
रुपैया ९० र १९० र २९० , ३९० र ४९० र सो भन्दा माथिका स्थिर मूल्यमा बच्चा , महिला तथा पुरुष सबैका लागि उपलब्ध हुने गरी कपिलवस्तुमा सस्तो मुल्यमा हरेक किसिमका गुणस्तरीय कपडा सहितको सेवा सञ्चालनमा आएको हो ।
कपिलवस्तुको चारनम्बर, दर्शन चोकको पृथ्वीनारायण शाहको सालिक छेवैमा रहेको घरमा सञ्चालनमा आएको प्रांशु फेसन कलेक्शनले छेउमै रहेको सटरमा प्रांशु स्टेसनरी समेत सञ्चालनमा ल्याएको छ ।
जहाँ सम्पूर्ण तह र विषयका पुस्तक , स्टेसनरी , खेलकुद , गिफ्ट तथा खेलौनाका सामग्रीको सेवा उपलब्ध रहेको कलेक्शनका सञ्चालक बबिता शर्माले बताउनुभयो । वर्तमान समयमा युवा तथा व्यवसायीहरू परदेशिने अवस्था र आर्थिक मन्दीको समयमा समेत साहस गरेर आफूले स्वदेशमै व्यापार व्यवसायलाई प्रर्वद्धन गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो ।
कपिलवस्तु जिल्लामा सस्तो कपडा पाइने पसलको रूपमा आफूहरूले पहिचान बनाउन सफल भएको उहाँले दाबी समेत गर्नुभयो ।
साथै उहाँले भन्नुभयो, ‘प्रांशु फेसन कलेक्सन, दर्शन चोक,कपिलवस्तुको छेवैमा प्रांशु स्टेसनरी सञ्चालनमा ल्याएका छौँ , विगतमा फेन्सी पसलमा तपाईंको साथ सहयोग र सेवाको अवसर मिलेजस्तै आगामी दिनहरूमा पनि दुवै पसलमा सेवाको मौका दिनुहोला ।’


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया