

सस्तो र गुणस्तरीय कपडा पसलको खोजिमा हुनुहुन्छ ? प्रांशु फेसन कलेक्शन बाणगंगाको दर्शन चोकमा जानुहोस्



कपिलवस्तुको बाणगंगा नगरपालिका( ४ दर्शन चोकमा १ महिना अघि सञ्चालनमा आएको प्रांशु फेसन कलेक्शन अहिले कपिलवस्तुको सस्तो कपडा पसलको पहिचान बनाउन सफल भएको छ ।
रुपैया ९० र १९० र २९० , ३९० र ४९० र सो भन्दा माथिका स्थिर मूल्यमा बच्चा , महिला तथा पुरुष सबैका लागि उपलब्ध हुने गरी कपिलवस्तुमा सस्तो मुल्यमा हरेक किसिमका गुणस्तरीय कपडा सहितको सेवा सञ्चालनमा आएको हो ।
कपिलवस्तुको चारनम्बर, दर्शन चोकको पृथ्वीनारायण शाहको सालिक छेवैमा रहेको घरमा सञ्चालनमा आएको प्रांशु फेसन कलेक्शनले छेउमै रहेको सटरमा प्रांशु स्टेसनरी समेत सञ्चालनमा ल्याएको छ ।
जहाँ सम्पूर्ण तह र विषयका पुस्तक , स्टेसनरी , खेलकुद , गिफ्ट तथा खेलौनाका सामग्रीको सेवा उपलब्ध रहेको कलेक्शनका सञ्चालक बबिता शर्माले बताउनुभयो । वर्तमान समयमा युवा तथा व्यवसायीहरू परदेशिने अवस्था र आर्थिक मन्दीको समयमा समेत साहस गरेर आफूले स्वदेशमै व्यापार व्यवसायलाई प्रर्वद्धन गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो ।
कपिलवस्तु जिल्लामा सस्तो कपडा पाइने पसलको रूपमा आफूहरूले पहिचान बनाउन सफल भएको उहाँले दाबी समेत गर्नुभयो ।
साथै उहाँले भन्नुभयो, ‘प्रांशु फेसन कलेक्सन, दर्शन चोक,कपिलवस्तुको छेवैमा प्रांशु स्टेसनरी सञ्चालनमा ल्याएका छौँ , विगतमा फेन्सी पसलमा तपाईंको साथ सहयोग र सेवाको अवसर मिलेजस्तै आगामी दिनहरूमा पनि दुवै पसलमा सेवाको मौका दिनुहोला ।’


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया