

महिला टी–२० आई शृङ्खलाः वर्षाले रोकियो नेपाल र नामिबियाबीचकोे खेल


युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आज भइरहेको नेपाल र नामिबियाबीचको खेल वर्षाले रोकिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा जारी खेल वर्षाका कारण रोकिएको हो ।
नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ब्याटिङ गरिरहेको थियो । खेलको आठऔँ ओभर सकिएपछि वर्षाले खेल रोकिएको हो । नामिबियाले आठ ओभरमा एक विकेट गुमाउँदै ३९ रन बनाएको छ । नामिबियाकी सुन विटम्यान नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएकी हुन् । नेपालकी पूजा महतोले उनको विकेट लिएकी छिन् । अहिले स्ट्राइकमा मेकेलान्ये म्वाटिले र एडेल भानजिल छन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् । ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो ।
नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारे । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिएकी थिइन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया