

जुवातास खेलेको आरोपमा ११ जना दाङबाट पक्राउ

जुवातास खेलेको आरोपमा ११ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका-९ रामनगर बस्ने कमल बिक (बगाले)को घरमा जुवातास खेलेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले ११ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा तुलसीपुर-५ का २९ वर्षीय अमर रेउले, ४५ वर्षीय भक्तबहादुर वली, ३८ वर्षीय शरन श्रेष्ठ, ३० वर्षीय राजु राइनी, ३९ वर्षीय हिमाल खराल, ३० वर्षीय आशिष चन्द, ३९ वर्षीय कलम बिक (बगाले), ३४ वर्षीय सन्देश रेग्मी, ४० वर्षीय वामदेव बिष्ट, ३३ वर्षीय अर्जुन शाही र ५४ वर्षीय भीमबहादुर वली छन् ।
उनीहरुबाट १ लाख १६ हजार ८ सय रुपैयाँ र ७ बुक तास बरामद भएको दाङ प्रहरीका प्रवक्ता चक्रबहादुर शाहले बताए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया