
विप्लव नेतृत्वको नेकपाद्धारा कपिलवस्तुमा ‘सी गार्मेन्ट’ उद्घाटन

कपिलवस्तु । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०द्वारा संचालित सी गार्मेन्ट उद्घाटन भएको छ । शिवराज नगरपालिका–१, बनकट्टामा संचालित गार्मेन्टको पार्टीका अध्यक्ष चन्दले बुधबार उद्घाटन गरेका हुन् ।
अध्यक्ष चन्दले उद्घाटन मन्तव्य राख्दै स्वदेशी उत्पादन बढाइ आत्मनिर्भर अर्थतन्त्रको जग बसाउनु पर्नेमा बताए । गार्मेन्ट सञ्चालनबाट नेपाली जनतालाई स्वदेशी वस्तु प्रयोग गर्न उत्प्रेरित गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने उद्देश्यले गार्मेन्ट उद्योग संचालन गरेको पनि उनले बताए ।
नेकपा आत्मनिर्भर अर्थतन्त्रको मार्गमा हिँड्ने पार्टीका रूपमा अगाडि बढेको भन्दै सबैलाई उत्पादन र व्यवसायमा जोडिन पनि उनले आग्रह गरे ।
पार्टीको १० लाख लागतमा जेठदेखि संचालित उद्योगले नौ महिनाको अवधिमा कोट, पाइन्ट कमिज ६ सय थान, ट्रयाकसुट ३ सय थान, हाफ पाइन्ट–टिसर्ट ३ सय थान र झुल ३ सय थान उत्पादन गरी बिक्री गरेको गार्मेन्ट इन्चार्ज संगम सीले बताए । ‘अब लगानी पनि बढाउनुपर्ने भएको छ,’ उनले भने, ‘१० लाखबाट सुरु गरेका थियौं, अब २० लाख पुर्याउने लक्ष्य छ ।’


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया