

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्मकै धेरै यात्रुको आवागमन


भैरहवा | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्मकै धेरै यात्रुले आवागमन गरेका छन्। भैरहवाको विमानसथलबाट फेब्रुअरी महिनामा ११५ उडानमार्फत ६ हजार ७७९ ले आवागमन गरेका हुन्।
भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईबाट २४०३, जजिराबाट ३२६५, थाई एयर एसियाबाट १०९७ , नेपाल एयरलाइन्सबाट १ र १३ जना चार्टर उडानमार्फत आवतजावत गरेका छन्।
उक्त उडानहरूमा २११ विदेशी यात्रु थिए। त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४०४० जना ट्रान्जिट यात्रु रहेको तिवारीले जानकारी दिए।
नोभेम्बर २०२४ बाट उडान भएयता फेब्रुअरी महिनाका यात्रु सबैभन्दा बढी हुन्। विमानस्थलका अनुसार जनवरी २०२५ मा १३६५ यात्रु र डिसेम्बर २०२४ मा ३८७८ तथा नोभेम्बरमा ४२७९ जना यात्रुले यहाँबाट आवागमन गरेका थिए।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया