मगर दिवसको अवसरमा आदर्श मा. वि. ले गर्यो विविध कार्यक्रम

राधा पाण्डे : कपिलवस्तुको बुद्द्भुमी नगरपालिका इमिलियामा अवस्थित श्री आदर्श मा. वि.ले मगर दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । ४३ औं मगर दिवसको अवसरमा मगर विद्यार्थीहरुलाई सम्मान , वर्ष वक्ता प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडलद्वरा सम्मानित गरोएको थियो ।


साथै तहगत रुपमा हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न भएको छ । प्राथमिक तहमा भएको प्रतियोगितामा प्रथम स्थान ब्लु, दोस्रो स्थानमा यल्लो, तेस्रो स्थान ग्रिन समूहले हासिल गर्न सफल भएका छन् ।


यस्तै मा. वि. तहमा रेड ग्रुप प्रथम, यल्लो ग्रुप दोस्रो र ब्लु ग्रुपले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
सफल विद्यार्थीहरुलाई मेडलले सम्मानित गरिएको थियो ।


कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक कृष्ण प्रसाद भट्टराईले मगर दिवसलाइ लक्षित गर्दै आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीको क्षमता विकास गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईको अध्यक्षता शिक्षक ज्ञानप्रसाद पाण्डेको स्वागत तथा सह प्रधानाध्यापक बिरेन्द्र यादवको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । मगर जातिको कला, संस्कृती संगै सहिष्णुता कायम गर्न यो कार्यक्रम अग्रसर रहेको देखिन्छ ।

प्रतिक्रिया

खबर सबै