

च्याम्पियन्स ट्रफी : तालिकामा बङ्गलादेश पाकिस्तानभन्दा माथि


आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘ए’ को पाकिस्तान र बङ्गलादेशबीचको खेल टस पनि नभई रद्द भएको छ ।
रावलपिन्डीमा वर्षाका कारण यो खेल रद्द भएको हो । योसँगै पाकिस्तान र बङ्गलादेशले १/१ अङ्क बाँडेका छन् । रावलपिन्डीमा यसअघि गएको मङ्गलवार वर्षाका कारण समूह ‘बी’ को अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल पनि रद्द भएको थियो ।
नेट रन रेटका आधारमा बङ्गलादेशले तालिकाको तेस्रो स्थानमा र पाकिस्तानले पुछारमा रहेर प्रतियोगिता सकाएको छ । बङ्गलादेश र पाकिस्तानले यसअघिका दुइटै खेल हारेका थिए । सन् २०१७ मा उपाधि विजेता पाकिस्तान यसपालि समूह चरणबाटै बाहिरिएकाे हाे । यो समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।
च्याम्पियन्स ट्रफीको समूह ‘बी’ मा इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिँदा दक्षिण अफ्रिका, अस्ट्रेलिया र अफगानिस्तान अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया