

रूपन्देही : मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु


रूपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं ८ बेथरीमा लु ४० प ६३१३ नं मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चौथी बेल्दारलाई ठक्कर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले जानकारी दिए।
बुधबार दिउँसो १८:४० बजेको समयमा चौथी बेल्दारलाई ठक्कर रुपन्देही मायादेवी गा.पा. ६ बेथरी स्थित बेथरी बुटवल सडक खण्डमा कुट्टा देखि बेथरी तर्फ आउँदै गरेको लु ४० प ६३१३ नंको मोटरसाइकलले साइकल यात्री ऐ.ऐ. बस्ने वर्ष ६०/६५ को चौथी बेल्दारलाई ठक्कर दिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।
मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घाइते भई उपचारको लागि भिम अस्पताल भैरहवामा पठाइएको, निधार, खुट्टामा चोट अवस्था गंभीर रहेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक रन्जु केसीले बताइन।
मोटरसाइकल चालक रुपन्देही जिल्ला रोहिणी गा.पा. ४ सेमरहवा बस्ने वर्ष २१ को हेमन्त प्रसाद चौधरी रहेको र मोटरसाइकल नियन्त्रणमा रहेको केसीले बताइन।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया