

दोस्रो तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु,कपिलवस्तुलाई हराउदै संकटाको बिजय सुरुवात



मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा बुधबार प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् ।
सो क्रममा मुख्यमनत्री आचार्यले प्रदेश सरकार खेल क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन तयार रहेको बताए । उनले बुद्ध रंगशालाको स्तरोन्नति गर्न बाणगंगा नगरपालिकासँग प्रदेश सरकारले सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।
उद्घाटन कार्यक्रका लुम्बिनी सरकारका पूर्व स्वाथ्यमन्त्री विष्णु पन्थीले प्रतियोगितामार्फत कपिलवस्तुका पर्यटकीय क्षेत्रको समेत प्रवद्र्धनमा जोड पुग्ने बताए । खेल अवधिभर खेलाडीहरूलाई जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गराइने योजना रहेको आयोजको भनाइ छ । प्रतियोगिता १४ देखि २१ फागुनसम्म सञ्चालन हुनेछ ।
आयोजकला कपिलवस्तुलाई हराउँदै संकटाको विजयी सुरुवात
प्रतियोगिताको पहिलो दिन संकटा फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक कपिलवस्तु–११ लाई हराउँदै संकटाले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा संकटाले दोस्रो हाफमा थप गरिएको २ मिनेटमा गोल गर्दै कपिलवस्तुलाई १–० गोलले पराजित गरेको हो । निकैं रोमाञ्चक खेलमा उत्तम शाहीले गोल गर्दै संकटालाई जित दिलाएका हुन् ।
संकटाको जितमा नायक बनेका उत्तम नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरका छन् । उत्तमलाई युवा व्यवसायी तथा समाजसेवी आशिष शर्माले नगदसहित ट्रफी प्रदान गरेका छन् ।
पराजित भएसँगै कपिलवस्तु–११ प्रतियोगिताबाट बाहिरिएको छ भने संकटा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार दिउँसो ३ बजे मच्छिन्द्र एफसी र हिमालयन शेर्पाबिच खेल हुने आयोजक जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।


खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया