

नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त, कसले जित्ला ?


अन्तर्राष्ट्रिय महिला च्याम्पियन्समा फाइनल खेल आज हुँदैछ।
बुधबार साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइलन खेल हुँदैछ।
प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवैले लिग चरणमा कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक अर्कासँग भिड्नुअघि नै फाइनलमा स्थान सुरक्षित गरेका थिए।
लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेले। त्यतिबेला सविता रानामगर र सावित्रा भण्डारीले गोल गरेका थिए।
खेलमा नेपालले अधिकांश समय म्यानमारलाई दबाबमा राखेको थियो। आज दुवै टोली खेल जितेर अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहनेछ।
यस्तो छ हेड टु हेड
फिफा वरीयतामा पनि नेपालभन्दा म्यानमार बलियो टोली हो। नेपाल फिफा वरीयतामा १०३औं स्थानमा छ भने म्यानमार ५५औं स्थानमा छ।
नेपाल र म्यानमारको महिला फुटबल टोलीबीच अहिलेसम्म चार पटक प्रतिस्पर्धा भएको छ। चारै खेलमा नेपाल जितबिहीन छ। दुई खेल म्यानमारले जित्दा दुई खेल बराबरीमा सकिएको छ
नेपाल र म्यानमारबीच सन् २०१८ मा पहिलो पटक प्रतिस्पर्धा भएको थियो। सन् २०२२ को टोकियो ओलम्पिक्सको छनोट खेल खेल्न नेपाल म्यानमार गएको थियो। सो खेल एक एक गोलको बराबरीमा सकियो। नेपालले तेस्रो मिनेटमा सावित्रा भण्डारी साम्बाको पेनाल्टी गोलबाट अग्रता लिए पनि म्यानमारले १४ मिनेटमा बराबरी गोल फर्कायो।
सन् २०१९ मा भारतमा भएको हिरो महिला गोल्डकपमा नेपाल र म्यानमारले दुई पटक प्रतिस्पर्धा गरे। दुवै खेलमा नेपालले हार ब्यहोर्यो।
लिग चरणमा नेपालमाथि म्यानमारले ३-० गोलको जित निकालेको थियो। यद्यपी नेपालले इरान र भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। फाइनलमा म्यानमारसँग भिड्दा नेपाल फेरि पराजित भयो। नेपालमाथि म्यानमारले फाइनलमा ३-१ गोलको जित निकाल्यो। नेपालका लागि मन्जलीकुमारी योन्जनले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काए पनि म्यानमारले दोस्रो हाफमा दुई गोल गरेको थियो।
चौथो खेल यही प्रतियोगिताको लिग चरणको अन्तिम खेल हो जुन २-२ को बराबरीमा सकिएको थियो।
म्यानमारले चार खेलमा नेपालविरूद्ध ९ गोल गरेको छ भने नेपालले ४ गोल गर्न सफल भएको छ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया