

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी





बुटवल । बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी सुरु भएको छ। उक्त प्रदर्शनीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे।
प्रदर्शनीको उद्घाटन गर्दै लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएकोले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए।लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिन्छ। कलाकृति र सीपहरू नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ´उनले भने- हाम्रो सम्पदाका चित्र बनाएर बजारमा पुर्याउँदा आम्दानी बढाउन सकिन्छ।´
मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति हो। यस्ता प्रदर्शनीहरूले नेपाली ललितकला क्षेत्रको प्रवर्द्धन गर्दै नवप्रतिभाहरूलाई उत्प्रेरित गर्नेछन्´उनले भने-विविध सांस्कृतिक सम्पदाको अभिव्यक्तिसँगै समाजका विभिन्न पक्ष उजागर गर्ने माध्यमका रूपमा यस्ता गतिविधि फलदायी सावित हुनेछन्।´मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले साहित्यको संरक्षण तथा प्रवर्द्धन, भाषा विकास, संस्कृति र इतिहासको संरक्षण तथा कला प्रवर्द्धनका लागि प्रज्ञा-प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइसकेको जानकारी गराए। विधेयक तर्जुमा प्रक्रियामा रहेकोले । सबै पक्षलाई समेटेर तयार पारिने बताए। प्रदेश सरकार ललितकला लगायत सम्पूर्ण कलाक्षेत्रको समग्र विकासका लागि सकारात्मक रहेको समेत उनले बताए।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा सुरु भएको यो प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ।
ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताए। उनले ललितकला क्षेत्रमा नयाँ कलाकार उत्पादन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै तीन तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताहरूको पहिचान र प्रवर्द्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
लुम्बिनी प्रदेश संयोजक दिनेश्वर महतोको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा प्रदर्शनी उद्घाटन गरिएको थियो।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा आशाको किरणका रूपमा ललितकलालाई लिनुपर्ने विचार व्यक्त गरे। उनले ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताए। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलेले बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका स्थानीय र ऐतिहाँसिक पहिचान झल्कने चित्रहरु सार्वजनिक स्थलमा आगामी दिनमा काेरिने बताए।
त्यसैगरी, उद्घाटन कार्यक्रममा नेपाल व्यावसायिक कलाकार संघ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली, रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा लगायतले सम्बोधन गरेका थिए।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया