

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र किर्गिस्तान भिड्दै


काठमाडौंको दशरथ रंगशालामा आजदेखि अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदै छ । ४ देश सहभागी प्रतियोगिता अन्तरगत सोमबार हुने दोस्रो खेलमा आयोजक नेपालले किर्गिस्तानको सामना गर्दै छ । नेपालको खेल दशरथ रंगशालामा साँझ ६ बजे हुने छ । उद्घाटन खेल भने दिउँसो २ बजे म्यानमार र लेबनानबिच हुनेछ ।
नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले यस पटक उपाधि जित्नेगरी तयारी राम्रो भएको प्रतिक्रिया दिएकी छन् । नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफेन्समा समस्या रहँदै आएको बताउँदै उनले यो पटक प्रशिक्षक राजेन्द्र तामाङले यसमा मिहिनेत गरेको र सोही अनुसार खेल्दै डिफेन्सलाई मजबुत बनाउने बताइन्।
प्रशिक्षक तामाङले टोलीको समस्या डिफेन्समा नै रहेको बताए । त्यसको लागि सकिने प्रयास गरेको र यो पटक केहि फरक महसुस गर्न सकिने उल्लेख गर्दै टोलीको फरर्वाड मजबुत रहेको पनि बताए। नेपालले सन् २०१९ को नाजदा कपमा कीर्गिजस्तानसँग खेलेको थियो। त्यतिखेर नेपालले ८-२ को सानदार जित दर्ज गरेको थियो।
कीर्गिस्तानले भने नेपालसँग खेल्नुलाई जिम्मेवारीको रुपमा लिएको छ। युवा खेलाडीहरुले भरिएको कीर्गिस्तानले पछिल्लो समय प्रतियोगिता भन्दा पनि केहि मैत्रिपूर्ण खेल मात्र खेलेको कप्तान अबिबुल्ला किजी दिलनुराले बताइन्। उनले उपाधि कै लागि नेपाल आएको भएपनि जित्न नसकेको खण्डमा युवा खेलाडीको लागि राम्रो अनुभव हुने बताइन् । कीर्गिस्तानका प्रशिक्षक नेमाट्जान जाकिरोभले भने उपाधिको लागि प्रतिस्पर्धा गर्ने बताए।
प्रतियोगितामा सहभागी लेबनानले पनि यस पटक उपाधि जित्न जित्ने गरी तयारी गरेको बताएको छ । प्रि म्याच कन्फ्रेन्समा कप्तान नथाली मटारले टोलीका सबै खेलाडीले सँगै प्रशिक्षणको अवसर नपाएको बताइन्। साथै उनले नेपाललाई मजबुत टोलीको संज्ञा दिए।
विदेशी लिग खेलिरहेकोले पूर्ण प्रशिक्षण हुन नसकेको उनले बताइन्। टोलीका दुई खेलाडी आजमात्रे नेपाल आउँदै छन् । नेपाल र लेबनानले वाफमा खेलेको थियो। जहाँ नेपालले लेबनानलाई २-१ ले हराएको थियो।
प्रतियोगितामा सहभागी म्यानमार च्याम्पियनसिपमा सर्वाधिक उच्च वरियतामा भएको राष्ट्र हो। म्यानमार फिफा वरियतामा ५५औं स्थानमा छ। तर वरियताले असर नगर्ने प्रशिक्षक तेतसुरो युकी बताउँछन्। उनले नेपालसँग खेल्न पाउँदा खुसी लागेको पनि बताए। उनले नेपाली टोली फिजिकल्ली पनि बलियो रहेको र सहज नलिने बताए। यसअघि नेपाल र म्यानमार ३ पटक आमने सामने भएका छन्। जहाँ म्यानमारले २ खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया