
रोजगारीका अवसर बढाउन बुद्धभूमिमा सिपमुलक तालिम

गोरुसिँगे | कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरमै रोजगारीका अवसर सिर्जना गर्न सिपमुलक तालिममा जोड दिएको छ । नगरपालिकाले पछिल्लो पटक सडक मर्मत सम्बन्धि तालिम संचालन गरेको छ । उक्त तालिम बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोग तथा माईक्रोटेक ट्रेनिङ्ग एकेडेमी प्रा.लि. को प्राविधिक एवम् व्यवस्थापकिय सहयोगमा सुरु भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगार रुपान्तरण (यती) परियोजना संचालन भईरहेको नगरपालिकाका रोजगार संयोजक रविन चौधरीले बताए । उनले सोही परियोजनामा रहेर सीप विकास तालिम कार्यक्रम अन्तर्गत सडक मर्मत तालिम सुरु भएको जानकारी दिए । उनले यो तालिमपश्चात आन्तरिक र वैदेशिक स्वारोगार सुनिश्चित हुने बताए ।
बुद्धभूमि नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णुदेव खनालले नेपालीहरु ऋाफ्नै देशमा जानेको काम पनि गर्न लजाउने प्रवृति रहेको बताए । उनले आफुमा निहित दक्षताको उपयोग देशमै गर्नुपर्ने बताए । उनले बर्षेनी सयौं भारतीयहरु नेपाल आई काम गरेर लाखौं नेपाली रुपैया भारत लैजाने गरेको बताए । उनले काम ठूलो सानो नहुने भन्दै स्वदेश स्वरोजगारको बन्न सबैलाई आह्वान समेत गरे ।
बुद्धभूमि नगरपालिका वडा नं.४ का वडाध्यक्ष सुसिल कुमार चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम मूल मर्म अनुसार बुद्धभूमिमा सयौं वेरोजगार नगरवासीले रोजगार पाएको बताए । उनले विगतदेखि कुलो बनाउने तथा सरसफाई गर्ने काम हुने गरेको भन्दै अब यस कार्यक्रमलाई आयआर्जनसंग जाड्न आवश्यक रहेको बताए ।
उनले यस सडक मर्मतको तालिम लिईसकेपछि स्वदेशमै राम्रो परिश्रमिक पाउन योग्य हुने कामदारको रुपमा स्थापित हुने बताए । उनले तालिमबाट हासिल गरिने ज्ञान, सिपलाई व्यवहार उतार्न आग्रह गरे ।
यस्ता तालिमले दक्ष कामदार उत्पादन गरि नगरपालिका क्षेत्रमै रोजगारको वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया