



बढ्दै मधुमेह र उच्च रक्तचापका बिरामी

रुपन्देहीको ग्रामीण क्षेत्रमा आयोजना गरिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका बिरामीमा मधुमेह र उच्च रक्तचापको समस्या बढी देखिएको छ ।
सहरियाको रोग भनिने मधुमेह र उच्च रक्तचाप ग्रामीण क्षेत्रका बासिन्दाको पनि मुख्य समस्या बन्दै गएको शिविरमा गरिएको स्वास्थ्य परीक्षणले देखाएको हो । रुपन्देहीको गैँडहवा गाउँपालिकामा हालै आयोजित स्वास्थ्य शिविरमा उपचारका लागि आएका बिरामीमा मधुमेहको जोखिम बढी देखिएको चिकित्सकले बताएका छन् ।
गैडहवामा आयोजित खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएका बिरामीमा मधुमेहसँगै उच्च रक्तचापको समस्या पनि देखिएको हो । निःशुल्क स्वास्थ्य शिविरमा २४१ बिरामीले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले स्वास्थ्य शिविरमा आएका ५० वर्ष कटेका अधिकांश स्थानीयमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको बताउनुभयो ।
गैडहवा गाउँपालिका, रोटरी ई क्लब अफ, मेडिकोफ्युजन हाइब्रिड नेपाल र नियमित रक्तदाता सङ्घको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हाडजोर्नी, जनरल फिजिसियन; नाक, कान तथा घाँटीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्दै डा. सुमन पौडेलले मानिसको सबैभन्दा महत्वपूर्ण विषय भनेको नै स्वास्थ्य भएकाले बिरामी पर्दा मात्र नभई आफू स्वस्थ छु कि छैन भन्ने कुरा जान्न पनि समय समयमा स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभयो । उहाँले ग्रामीण क्षेत्रका जनतामा पनि पछिल्लो समय मधुमेह र उच्च रक्तचापको समस्या धेरै देखिएको बताउँदै विषादी, खानपानमा अनियमितता, तनावलगायतका कारण यो रोग बढेको बताउनुभयो । गोरखापत्रमा समाचार छ ।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया