

बाणगंगा ९ मा सात दिने ‘भजन कृतन’ तालिम संचालन


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा भजन किर्तन तालिम संचालन गरिएको छ । बाणणगंगा ९ भर्तापुर स्थित शिव पार्वती मन्दिर आमा समुहको आयोजनामा शुक्रबार देखि सात दिने भजन कृतन तालिम संचालन गरिएको हो ।
शिव पार्वती मन्दिर आमा समुह भर्तापुरका अध्यक्ष सरस्वाती थापाको अध्यक्षतामा आयोजना गरिएको तालिमको उद्घाटनमा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । समुहका सदस्यहरुलाई प्रदान गरिएको उक्त तालिममा खासगरी नयाँ पुस्ताका सदस्यहरुमा भजन कृतनको ज्ञान तथा गीत, बाजा र यससम्बन्धी कला सिकाउने उद्धेश्य राखिएको जनाइएको छ ।
कार्यक्रममा वडा अध्यक्ष पौडेलसहित कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसाल, संगम टोल विकास संस्थाका अध्यक्ष हरिबहादुर खनाल, सामाजसेवी तथा सल्लाहाकार नारायण खनाल, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिव पार्वती मन्दिर आमा समुहका उपाध्यक्ष मनकला गिरीको स्वागत मन्तव्य तथा सचिव मिना गिरीको संचालनसहित समुहका सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण प्रशिक्षक चिन्तामणी घिमिरेले गरेका छन् । यो तालिम शुक्रबारदेखि अबको सात दिन कोइली चौर साना किसान सामुदायिक वनको सभाहलमा संचालनमा ल्याएको हो ।



खबर सबै
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री






प्रतिक्रिया