

खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक


बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी र शव व्यवस्थापनमा ढिलाइ भएको जनगुनासोपछि सरकारले खोजी कार्यमा खटिँदै आएको सैनिक जनशक्ति बढाएको छ।
प्रधानमन्त्री कार्यालयले जनस्तरबाट आएका त्यस्ता गुनासोलाई गम्भीरताका साथ लिँदै विशेष टोली परिचालन गरिएको जानकारी दिएको छ।
‘बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ,’ प्रधानमन्त्री कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ।
नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यसअघि नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १६ सय जनशक्ति खटिँदै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
‘आज थप १२ सय सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालन हुने नेपाली सेनाको कुल संख्या २ हजार ८ सय पुगेको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र संकलन गर्ने कार्यलाई अघि बढाइरहेको छ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ।


खबर सबै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो






प्रतिक्रिया