

देशभर १० लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप

साझाकुरा | कपिलवस्तुसहित देशभर अहिले एचपीभी खोप कार्यक्रम संचालनमा छ । यो अभियान चलिरहेका बेला मंगलबारसम्म देशभर १० लाखभन्दा बढीले यो खोप लगाएका छन् । सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको थियो ।
अभियानमार्फत ६० प्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । अभियान फागुन ६ गतेसम्म जारी रहने छ । देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८ हजार ७६ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ ।
एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा बढी मृत्युको कारक पनि यही क्यान्सर हो ।
औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यसमध्ये ४ जनाको मृत्यु हुने गरेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेकाले सरकारले एचपीभी खोप अभियान अघि सारेका हो ।
कपिवस्तुको बाणगंगामा मंलबारदेखि यो खोप कार्यक्रम संचालनमा आएको छ । यहाँका आधारभूत र माध्यमिक तहका विद्यालयहरुलाई खोप केन्द्रको रुपमा स्थापना गरी विद्यालयमा अध्ययनरत किशोरीहरुलाई खोप दिइएको जनाइएको छ ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया