



एच.पि.भी खोप कार्यक्रम सफल बनाउन मोतिपुर स्वास्थ्य चौकीमा सरोकारवालासँग अभिमुखिकरण

कपिलवस्तु | महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर बिरुद्ध देशव्यापि अभियानका रुपमा लगाउन लागिएको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मा विभिन्न क्षेत्रका सरोकारवाला पक्षसँग अभिमुखिकरण गरिएको छ । आइतबार वडा नम्बर ८ चप्परगाउँ स्थित मोतिपुर स्वास्थ्य चौकीमा वडा भित्रका विभिन्न क्षेत्रमा आबद्ध सरोकारवाला पक्षसँग अभियानलाई प्रभावकारी बनाउन अभिमुखिकरण गरिएको हो ।
देशव्यापी अभियानका रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सर बिरुद्ध एच.पी.भि खोप अभियान बाणगंगा ८ मा माघ २९ गते देखि फागुन ६ सम्म संचालन हुने मोतिपुर स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेले जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग अन्र्तरगत रहेका सम्पुर्ण खोप कार्यक्रम संचालन भएका सुचिकृत स्वास्थ्य संस्थाहरु बाट कक्षा ६ देखी कक्षा १० सम्म अध्यायन अध्यापन हुने बिधालय लाई खोप केन्द्रको रुपमा स्थापना गरी निशुल्क रुपमा राष्ट्रीय खोप अभियान सन्चान भएको छ । यही अभियान अन्र्तगत यहाँका १० देखि १४ बर्ष उमेर भित्रका किशोरीहरुलाई उनीहरुले अध्ययन गर्ने विद्यालयमै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिने कार्यक्रमछ भने ३० देखि ४९ बर्ष उमेरका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण (स्क्रिनिङ्ग) गर्ने राष्ट्रिय अभियान छ ।
कार्यक्रममा वडा सदस्य तथा खोप समन्वय समितिका उपाध्यक्ष शैलेन्द्र बेल्वासेको अध्यक्षतामा आयोजना गरिएको अभिमुखिकरणमा वडा नम्रब ८ भित्रका विभिन्न विद्यालयका प्रअहरु र खोप समन्वय समिति तथा स्वास्थ्य स्वयमसेवीकाहरु र विद्यालयका महिला शिक्षकहरुका बिचमा अभिमुखिकरण गरिएको थियो ।

वडा नम्बर ८ मा करिब ७ सय किशोरीलाई खोप लगाउने लक्ष्य छ । यसभित्र १० जना समुदायमा र बाँकी अन्य वडा भित्रका ९ विद्यालयमा अध्ययनरतर किशोरीहरु तथा छात्राहरुले लगाउने स्वास्थ्य चौकी प्रमुख घिमिरेले जानकारी दिएका छन् । उनले महिला हरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोग बाट भबिस्यका कर्णधारको रुपमा रहेका बालिकाहरुलाई पुर्ण रुपमा बचाउनको लागी सरकारले यो खोप कार्यक्रम ल्याएको भन्दै सबै किशोरीहरुलाई अनिवार्य खोप लगाउन आग्रह गरेका छन् । विश्वभरी रोगको निवारण गर्ने भरपर्दाे माध्यम नै खोप रहेका कारण नेपाल सरकारले समेत खोप कार्यक्रमलाई प्राथामिकतामा राखेको उनले बताए ।
अभिमुखिकरणमा सहभागीहरुले वडा नम्बर ८ मा खोप अभियानलाई सफल पार्ने प्रतिबद्धता समेत जनाएका छन् ।

के हो एच.पि.भी ?
एच.पि.भी. एक प्रकारको भाईरस हो । यसलाई ह्युमन प्यापिलोमा भाईरस (ज्गmबल एबउष्यिmब ख्बष्चगक) भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाईरसको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन् । ति मध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ । भने यस मध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन भन्ने कुरा बिभिन्न अध्यायन हरुले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजाति बाट भएको पाईन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाईरसको संक्रमण बाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ । भने बिभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया