

कपिलवस्तुको चारनम्बरमा खुल्याे उच्चगुणस्तरीय ब्याट्रीहरूकाे घर “ब्याट्री संसार”



साझाकुरा, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. ४ मा ‘ब्याट्री संसार’ नामक नयाँ व्यावसायिक प्रतिष्ठान शनिबारदेखि सञ्चालनमा आएको छ । तौलिहवा गेटको पूर्वपट्टि अवस्थित यो व्यवसायले विभिन्न प्रकारका विद्युतीय ब्याट्री बिक्री तथा सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।
‘ब्याट्री संसार’ का सञ्चालक नारायण घिमिरेले हालको प्रविधिमैत्री युगलाई ध्यानमा राख्दै नयाँ व्यवसाय सञ्चालनमा ल्याएको बताए । उनले विश्वव्यापी रूपमा विद्युतीय प्रणालीको विस्तार भएसँगै उच्च गुणस्तरका ब्याट्रीहरूको माग वृद्धि भएकाले सोही आवश्यकताका आधारमा व्यवसाय सुरु गरेको जानकारी दिए । उनले ५० लाखको लगानिमा व्यवसायको थालनि गरिएको बताए ।

यहाँ सबै प्रमुख ब्रान्डका उच्च-गुणस्तरिय ब्याट्रीहरू उपलब्ध छन्, जसमा इलेक्ट्रोनिक उपकरणहरू, सोलार सिस्टम, विद्युतीय सवारीसाधन तथा विभिन्न औद्योगिक प्रयोजनका ब्याट्रीहरू समावेश छन् । ग्राहकलाई भरपर्दो सेवा प्रदान गर्न गुणस्तरीय उत्पादन र सहज आपूर्तिमा जोड दिइएको घिमिरेले बताए ।
स्थानीय व्यवसायी तथा उपभोक्ताहरूले ‘ब्याट्री संसार’ को स्थापना स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार बजारमा विभिन्न प्रकारका विद्युतीय ब्याट्रीहरूको सहज उपलब्धता हुनुले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत गर्नेछ ।
नयाँ प्रविधि समेट्दै ‘ब्याट्री संसार’ ले भविष्यमा थप सेवा तथा सुविधाहरू विस्तार गर्ने योजना बनाइरहेको सञ्चालक नारायण घिमिरेले जानकारी गराए ।



खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया