
कपिलवस्तुको चारनम्बरमा खुल्याे उच्चगुणस्तरीय ब्याट्रीहरूकाे घर “ब्याट्री संसार”

साझाकुरा, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. ४ मा ‘ब्याट्री संसार’ नामक नयाँ व्यावसायिक प्रतिष्ठान शनिबारदेखि सञ्चालनमा आएको छ । तौलिहवा गेटको पूर्वपट्टि अवस्थित यो व्यवसायले विभिन्न प्रकारका विद्युतीय ब्याट्री बिक्री तथा सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।
‘ब्याट्री संसार’ का सञ्चालक नारायण घिमिरेले हालको प्रविधिमैत्री युगलाई ध्यानमा राख्दै नयाँ व्यवसाय सञ्चालनमा ल्याएको बताए । उनले विश्वव्यापी रूपमा विद्युतीय प्रणालीको विस्तार भएसँगै उच्च गुणस्तरका ब्याट्रीहरूको माग वृद्धि भएकाले सोही आवश्यकताका आधारमा व्यवसाय सुरु गरेको जानकारी दिए । उनले ५० लाखको लगानिमा व्यवसायको थालनि गरिएको बताए ।

यहाँ सबै प्रमुख ब्रान्डका उच्च-गुणस्तरिय ब्याट्रीहरू उपलब्ध छन्, जसमा इलेक्ट्रोनिक उपकरणहरू, सोलार सिस्टम, विद्युतीय सवारीसाधन तथा विभिन्न औद्योगिक प्रयोजनका ब्याट्रीहरू समावेश छन् । ग्राहकलाई भरपर्दो सेवा प्रदान गर्न गुणस्तरीय उत्पादन र सहज आपूर्तिमा जोड दिइएको घिमिरेले बताए ।
स्थानीय व्यवसायी तथा उपभोक्ताहरूले ‘ब्याट्री संसार’ को स्थापना स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार बजारमा विभिन्न प्रकारका विद्युतीय ब्याट्रीहरूको सहज उपलब्धता हुनुले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत गर्नेछ ।
नयाँ प्रविधि समेट्दै ‘ब्याट्री संसार’ ले भविष्यमा थप सेवा तथा सुविधाहरू विस्तार गर्ने योजना बनाइरहेको सञ्चालक नारायण घिमिरेले जानकारी गराए ।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया