

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु



साझाकुरा | बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका ७ ताराताल बस्ने ५१ वर्षिया जुनाकुमारी लामिछानेलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
भारतीय सीमा नजिकै आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा अवस्थामा लामिछानेलाई चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । घाँस काटिरहेको अवस्थामा अचानक चितुवाले आक्रमण गर्दा उहाँको घाँटीमा चोट लागेको थियो । उहाँको तत्काल उद्धार गरी उपचारका लागि बर्दिया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक ऋषिराम घर्तिमगरले बताउनुभयो ।
भारतीय जङ्गलबाट आएको चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । ताराताल क्षेत्र भारतको सीमा नजिक पर्दछ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया