

दर्ता हुन नआए फेसबुक र इन्स्टाग्रामलाई प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी


काठमाडौँ : काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनका लागि सरकारले नयाँ विधेयक ल्याएको बताएका छन् । उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्तिहरू नियन्त्रण गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको स्पष्ट पारे ।
गुरुङका अनुसार, सामाजिक सञ्जालमा अराजकता बढ्दै गएको छ, जसका कारण सरकारलाई हस्तक्षेप गर्न बाध्य बनाएको हो । “लोकतन्त्रको नाममा मनपरी लेख्ने, समाजमा द्वेष फैलाउने गतिविधि स्वीकार्य छैन,” उनले भने ।
दर्ता हुन नआएको खण्डमा (मेटा, फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप) समेत नेपालमा प्रतिबन्ध गर्ने चेतावनी मन्त्री गुरुङ्गले दिइएका छन् ।
सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन खोजेको छ । मन्त्री गुरुङले हाल नेपालमा दर्ता भएर सञ्चालनमा रहेको सामाजिक सञ्जाल ‘टिकटक’ मात्रै रहेको उल्लेख गर्दै अन्य प्लेटफर्महरू (मेटा, फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप) लाई दर्ताका लागि सार्वजनिक आह्वान गरिसकेको बताए ।
गुरुङका अनुसार, साइबर अपराधका घटनाहरू तीव्र रूपमा वृद्धि भइरहेकोले नियन्त्रणका लागि कडा कानुनी ढाँचा आवश्यक छ । उनले सरकार ‘साइबर क्राइम नियन्त्रण ऐन’ को मस्यौदा तयार पारिसकेको र संसद्मा चाँडै पेस गरिने जानकारी दिए ।
मन्त्री गुरुङले जोड दिए, “नेपालमा डिजिटल प्लेटफर्महरूले दर्ता भएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था लागू गरिनेछ, ताकि अपराधीहरू सजिलै पहिचान गर्न सकियोस् ।”
सामाजिक सञ्जालको नियमन गर्दै लोकतन्त्रलाई बलियो बनाउने सरकारको रणनीति रहेको उनले बताए ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया