

दर्ता हुन नआए फेसबुक र इन्स्टाग्रामलाई प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी



काठमाडौँ : काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनका लागि सरकारले नयाँ विधेयक ल्याएको बताएका छन् । उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्तिहरू नियन्त्रण गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको स्पष्ट पारे ।
गुरुङका अनुसार, सामाजिक सञ्जालमा अराजकता बढ्दै गएको छ, जसका कारण सरकारलाई हस्तक्षेप गर्न बाध्य बनाएको हो । “लोकतन्त्रको नाममा मनपरी लेख्ने, समाजमा द्वेष फैलाउने गतिविधि स्वीकार्य छैन,” उनले भने ।
दर्ता हुन नआएको खण्डमा (मेटा, फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप) समेत नेपालमा प्रतिबन्ध गर्ने चेतावनी मन्त्री गुरुङ्गले दिइएका छन् ।
सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन खोजेको छ । मन्त्री गुरुङले हाल नेपालमा दर्ता भएर सञ्चालनमा रहेको सामाजिक सञ्जाल ‘टिकटक’ मात्रै रहेको उल्लेख गर्दै अन्य प्लेटफर्महरू (मेटा, फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप) लाई दर्ताका लागि सार्वजनिक आह्वान गरिसकेको बताए ।
गुरुङका अनुसार, साइबर अपराधका घटनाहरू तीव्र रूपमा वृद्धि भइरहेकोले नियन्त्रणका लागि कडा कानुनी ढाँचा आवश्यक छ । उनले सरकार ‘साइबर क्राइम नियन्त्रण ऐन’ को मस्यौदा तयार पारिसकेको र संसद्मा चाँडै पेस गरिने जानकारी दिए ।
मन्त्री गुरुङले जोड दिए, “नेपालमा डिजिटल प्लेटफर्महरूले दर्ता भएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था लागू गरिनेछ, ताकि अपराधीहरू सजिलै पहिचान गर्न सकियोस् ।”
सामाजिक सञ्जालको नियमन गर्दै लोकतन्त्रलाई बलियो बनाउने सरकारको रणनीति रहेको उनले बताए ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया