

विश्व क्यान्सर दिवस : ९५ प्रतिशत क्यान्सरको उपचार नेपालमै सम्भव




आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापीरुपमा यो दिवस मनाउने गरिन्छ । क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभर नै यो रोग फैलिने र उपचार जटिल हुने जोखिम हुन्छ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने र प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो ।
क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीको भनाइ छ । उहाँका अनुसार क्यान्सरका चार चरणमध्ये शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ ।
यसैबीच नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुने भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.उज्जवल चालिसेले बताउनुभयो । क्यान्सरको उपचार नेपालमा विश्वको तुलना सस्तो रहेकोले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने उहाँको भनाइ छ ।
जाँडरक्सी र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत क्यान्सरका मुख्य कारण हुन् । ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा हरेक वर्ष २० हजारभन्दा धेरै क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् ।
नेपालमा पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
सरकारले क्यान्सर रोगसम्बन्धी जनचेतनाका कार्यक्रमसँगै क्यान्सर पीडितलाई लक्षित गरेर विभिन्न कार्यक्रम अगाडि सारेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले जानकारी दिनुभयो ।
सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीडितका लागि एक लाख रुपैयाँसम्मको औषधि उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पनि थप एक लाख रुपैयाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया