जगदिशपुरमा मनाइयो २९औँ विश्व सिमसार दिवस तथा १२ औँ चरा महोत्सव


रामबहादुर गन्धर्व ,कपिलवस्तु | हाम्रो साझा भविष्यका लागि सिमसार संरक्षण भन्ने मुल उद्देश्यका साथ कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९/१०को बिचमा अवस्थित बिश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर ताल परिसरमा २९औं विश्व सिमसार दिवस तथा १२औं चरा महोत्सव आइतबार एक कार्यक्रमका बिच मनाइएको छ ।

जगदीशपुर जलाशय ब्यवस्थापन बहुसरोकार मञ्चको आयोजना डिभिजन बन कार्यालय कपिलवस्तु ,नेपाल पंक्षि संरक्षण संघ र तिलौराकोट साझेदारी बनको संयुक्त आर्थिक एवं प्राविधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रमको संघिय बन तथा बातावरण राज्य मंन्त्री रूपा बि.क.ले बिरुवा रोप्दै कार्यक्रमको उद्वाटन गरिन । उनले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भगवान् गौतम बुद्धको नगरमा मानवनिर्मित जगदीशपुर ताल नजिक रहेका स्थानीयबासीहरूलाई आर्थिक उपार्जनसँग जोडदै उनीहरूको जीवनस्तर सुधार गर्न आवश्यक रहेको औंलाउदै बनसँग सम्बन्धित बिषयलाई नितिगत रूपमा समावेश गरि तिनै तहका सरकारसँग सहकार्य गर्दै जलाशयको प्रर्वद्वन गर्न सम्बन्धित निकायमा भुमिका खेल्ने प्रतिबद्धता गरिन ।

त्यस्तै ःपंक्षि संरक्षण संघका अधिकृत भुपाल नेपालीले जैविक बिबिधताले धनी रहेको कपिलवस्तु जलाशय जगदीशपुर तालमा २सय ९५प्रजातिका चरा पाइने स्पष्ट पारे भने कृष्णनगर नगररपालिकाका प्रमुख रजतप्रताप शाहाले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दै जगदिशपुर जलाशय सबैको सरोकारको बिषय भएको हुँदा पर्यटन पर्वद्वन,बिकासका लागि आफ्नो पालिकाबाट बजेट बिनियोजित गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा बोल्ने बक्ताहरूले सिमसार क्षेत्रको महत्त्वपूर्ण भुमिका रहेको बताउदै जलाशय मानवसँग जोडिएको हुँदा भविष्यमा यसको संरक्षण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।सो अवसरमा संस्थाले आयोजना गरेको विभिन्न प्रतियोगितामा सहभागी भई प्रथम ,द्वितीय ,र तृतीय स्थान हाँसिल गर्ने बिजेताहरूलाई नगदसहित सम्मानपत्र प्रदान गरेको थियो यसरी सम्मानित हुनेहरूमा ५ किलोमिटर म्याराथुन दौडका खेलाडीहरु ,हाजिरी जवाफ भजनकृतन, होमस्टेका सञ्चालक ,सन्देशमुलक नृत्यका आमा समूह लगाएत रहेका थिऐ ।विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी ,जनप्रतिनिधि ,पुर्व जनप्रतिनिधि ,स्थानीय समाजसेवी ,बुद्धिजीवी ,शुभेच्छुकहरूको सहभगिता रहेको उक्त कार्यक्रम कार्यवाहक अध्यक्ष रामसबारे यादवको अध्यक्षता वडा नं.१० का वडाध्यक्ष मोहनलाल शर्माको स्वागत मन्त्ब्य सहित सचिव सुन्दर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै