

क्रिकेटका मुख्य प्रशिक्षक मोन्टीको कार्यकाल समाप्त, क्यानले प्रशंसासहित गर्यो बिदाइ



काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मोन्टी देशाईको बिदाइ गरेको छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक देशाईको बिदाइ गरेको क्यानले जनाएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक देशाईको दुई वर्षे कार्यकाल समाप्त भएको र क्यानले उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको बताएका छन्। ‘मोन्टी देशाईलाई २ वर्षे कार्यकाल रहनेगरी नियुक्त गरिएकोमा निजको सम्झौता समाप्त भएको व्यहोरा अवगत नै छ। नेपाल क्रिकेट संघले उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको व्यहोरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौं,’ प्रवक्ता लामले विज्ञप्ति जारी गर्दै भनेका छन्।
क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले गरेको प्रदर्शनको सराहना गरेको छ। मोन्टीको ‘वान बल ब्याटल’ र ‘ह्याप्पी ड्रेसिङ’ रूमलाई पनि क्यानले तारिफ गरेको छ। मोन्टीकै प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले एक दिवसीय मान्यता बचाउनेदेखि एसिया कप र विश्वकप खेलेको भन्दै क्यानले सराहना गरेको हो।
भारत र पाकिस्तानजस्ता टिमसँग खेल्ने अवसर पनि मोन्टीकै प्रशिक्षणकालमा सफल भएको क्यानले जनाएको छ। नेपाली क्रिकेट जगतमात्र होइन, १२औं खेलाडीको रूपमा रहेको नेपाली क्रिकेट प्रेमीहरूले पनि सधैं सम्झिरहने भन्दै मोन्टीलाई क्यानले प्रशंसा गरेको छ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया