

एचपिभी खोप अभियान : कपिलबस्तुमा दुई चरणमा सञ्चालन गरिने, कहाँ कहिले ?





कपिलबस्तु | कपिलवस्तुका झण्डै ४५ हजार किशोरीलाई एचपिभी खोप लगाइँने बताएको छ । यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत जिल्लाका ४४ हजार ४ सय ७१ जना किशोरीलाई एचपिभी खोप लगाइने जिल्ला स्तरीय खोप सम्न्य समितिको वैठक तथा अभिमुखीकरण कार्यक्रमा स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले बताए।
कपिलबस्तुमा दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिने र पहिलो चरण अन्तरगत ५ पालिकाका विद्यालयबाट खोप लगाइनेबताएको छ । जिल््लाको कपिलवस्तु, कृष्णनगर, शिवराज नगरपालिका तथा विजयनगर र यशोधरा गाँउपालिकामा माघ २२ गतेदेखी २८ गतेसम्म खोप अभियान चलाइने र कपिलवस्तु नगरपालिकाका ४ हजार ७ सय ९८, कृष्णनगरका ४ हजार ८ सय ३३, शिवराजका ७ हजार ५ सय २८, महाराजगञ्जका नगरपालिकाका ४ हजार ८ सय ६१ यसैगरी विजयनगरका २ हजार ३ सय १० र यशोधरा गाँउपालिकाका २ हजार ४ सय ७ किशोरीलाई खोप लगाइने बताएको छ ।
यस्तै, दोस्रो चरणमा माघ २९ देखी फागुन ६ गतेसम्म वाणगंगा, बुद्धभूमि, महाराजगञ्ज नगरपालिका मायादेवी र शुद्दोधन गाँउपालिकामा खोप अभियान चलाइने बताएको छ । वाणगंगाका ४ हजार ८ सय ९२, बुद्धभूमि नगरका ४ हजार ५ सय ५०, मायादेवीका ५ हजार ३ सय ५५ र शुद्दोधन गाँउपालिकाका २ हजार ९ सय ४६ किशोरीलाई खोप लगाइने बताएको छ । जिल्लाका १० वटै पालिकामा रहेका विद्यालयहरूलाई केन्द्र मानि ६ सय ५ वटा विद्यालयबाट खोप लगाइने बताएकोछ । जिल्लामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा ३६ हजार ७ सय ५७ र विद्यालयभन्दा बाहिर रहेका ७ हजार ७ सय १४ किशोरीलाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले बताएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले यस्ता भ्याक्सिनले जीवन रक्षको लागी राम्रो भएको ले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । साथै महिलाहरूलाई हुने पाठेघरको क्यान्सर संसारका सबै देशहरूमा नै जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा देखा परेकाले खोपबारे मिडियाबाट सकरात्मक प्रचार प्रसारगर्नुपर्नेमा बताउदै अव कपिलबस्तुमा किशोरीलाई एचपिभी खोप लगाउन बाट कहि पनि छुट्न नप्रर्ने गरि लाग्नु प्रर्ने र स्थानिय सरकार गंभिर भएर लाग्नु प्रर्ने बताएका छन् ।
खोप अभियानका लागि जिल््लामा ६ सय ५ स्वास्थ्यकर्मी र १ हजार २ सय १० स्वयमसेवक खटिने बताएको छ । हरेक विद्यालयमा एक महिला स्वयसेविका र विद्यालयका एक शिक्षिका खटिने र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा ३६ हजार ७ सय ५६ र विद्यालयभन्दा बाहिर रहेका ७ हजार ७ सय १४ जना गरी ४४ हजार ४ सय ७१ जना लाई खोप लगाउन लागिएको उक्त अभिमुखिकरण कार्यक्रमा बताएको छ ।
नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको छ भने एक हजार ३ १३ जना महिलाको सोही क्यान्सरका कारण मृत्यु हुने गरेको बताएको छ ।
पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमा भाइरस (एचपिभी) का कारण हुने गर्छ । महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपिभी नामक भाइरसविरूद्ध उक्त खोप दिन लागिएको बताएको छ ।
सरकारले नियमित र अभियान गरी देशभरका १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई एचपिभी खोप लगाउने बताएको छ । जसमध्ये लुम्बिनी प्रदेशमा नियमित ६२ हजार ९९४ र अभियानको दुई लाख ३६ हजार ४७७ गरी दुई लाख ९९ हजार ४७१ जना किशोरीलाई खोप लगाइँदै छ । पाठेघरको क्यान्सर विरूद्धको देशव्यापी अभियान अन्तर्गत कपिलवस्तु जिल्लामा पनि उक्त खोप लगाउन थालिएको बताएको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया