

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कहाँ कति पर्छ अब ?





साझाकुरा,कपिलवस्तु । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातीदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपियाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपियाँ कायम भएको छ ।
यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपियाँ तोकिएको निगमले जनाएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया