
लायन्स कपिलवस्तुद्धारा शिव तुल्सा स्मृति अक्षयकोषको रकम हस्तान्तरण

लायन्स क्लव अफ कपिलवस्तुद्वारा स्थापन गरिएको शिव तुल्सा स्मृति अक्षयकोष अन्तर्गतको रकम आज एक कार्यक्रमका बीच वाणगंगा नगरपालिका वडा नं. ३ स्थित गौरी भावानी विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगरको प्रमुख अतिथियता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मगरले अक्षयकोषबाट विद्यार्थीलाई सहयोग प्रदान गरिनु प्रेरणादायी कदम भएको बताउदै लायन्स कपिलवस्तुको प्रशंसा गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर चौधरीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने विद्यार्थीहरुलाई यस अक्षयकोषले ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरे ।
लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष तथा अक्षयको धातानन्द भुसालले भने, “शिक्षा नै उज्ज्वल भविष्यको आधार हो। आर्थिक अभावका कारण कुनै विद्यार्थीले आफ्नो शिक्षा रोक्नु नपरोस भन्ने उद्देश्यले हामीले यो अक्षयकोष स्थापना गरेका हौं। यस कोषको निरन्तरताका लागि सबैले योगदान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेले भने, “विद्यार्थीहरूलाई शिक्षामा निरन्तरता दिन आर्थिक सहयोग आवश्यक पर्छ । हामीले यो अक्षयकोषमार्फत आवश्यक सहयोग प्रदान गर्न पाउँदा गर्व अनुभूति गरेका छौं। भविष्यमा अझ बढी विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य रहेको समेत अध्यक्ष घिमिरेले बताएका थिए ।
विभिन्न विद्यालयहरूको सिफारिसका आधारमा १२ जना विद्यार्थीलाई अक्षयकोष अन्तर्गतको आर्थिक सहयोग प्रदान गरिएको छ। कार्यक्रममा स्थानीय समाजसेवी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
आर्थिक सहयोग प्राप्त गरेका विद्यार्थीहरूले अत्यन्त खुशी व्यक्त गरेका छन्। उनीहरूले आफ्नो शिक्षालाई प्रभावकारी रूपमा निरन्तरता दिन सक्ने भएकाले लायन्स क्लवप्रति आभार प्रकट गरे। केही विद्यार्थीका अभिभावकहरूले पनि आर्थिक सहयोगका लागि धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा वडाका विभिन्न समाजसेवी तथा शिक्षकहरूले अक्षयकोषको निरन्तरताका लागि थप पहल गर्नुपर्नेमा जोड दिए। स्थानीय बासिन्दाहरूले लायन्स क्लव अफ कपिलवस्तुको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरे।
लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता, क्लव बरान्डिग अफिसर प्रेम नारायण पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव दामोदर पन्थीको सञ्चालन रहेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया