मायादेवी ३ मा वडा अध्यक्षसँग विद्यार्थी कार्यक्रम, विद्यार्थीलाई स्विटर वितरण


साझाकुरा,कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा वडा अध्यक्षसँग विद्यार्थी कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मंगलबार गाउँपालिकाको वडा नम्बर ३ मा यस्तो कार्यक्रम गरिएको हो ।

चालु आ.व २०८१÷०८२ को विनियोजित बजेट अन्र्तगत वडा अध्यक्ष शैलेन्द्र कुमार यादववले आफ्नो वडा भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई स्विटर वितरण गरेका हुन । वडा नम्बर ३ भित्रका विभिन्न ९ वटा विद्यालय तथा मदरसामा अध्ययन गर्ने कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको उनले बताए ।

वडा अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षतामा हरेक वर्ष शिक्षामा विशेष जोड दिने उद्धेश्यले अध्यक्षसँग विद्यार्थी कार्यक्रम राखिएको जनाइएको छ । यस कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई पोषाक तथा विभिन्न शैक्षिक सामग्री वडाले प्रदान गर्ने गर्दछ । वडा भित्रका ९ वटा मदरसा र विद्यालयमा अंग्रेजी माध्यमका निःशुल्क शिक्षा पनि दिदै आएको वडा नम्बर ३ को कार्यालयले जनाएको छ ।

कार्यक्रममा जनता आधारभूत विद्यालय फुलिकामा अध्ययन गर्ने २५६ विद्यार्थीहरुलाई र युनेश्वर माधयमिक विद्यालयम २८४ जना तथा मदरसा रियाजुल वालुम आल सल्फीया वरसौलीमा २६२ अध्ययनरत विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको वडा अध्यक्ष यादवले बताए । उनका अनुसार यो कार्यक्रम अन्र्तगत यो वर्ष वडाका करिब १५ सय विद्यार्थीहरुलाई स्विटर वितरण गर्ने योजना छ ।

कार्यक्रममा वडा सदस्य इन्दु थारु, रामवृक्ष यादव, शिवकुमारी रैदास, वडा सचिव नन्दलाल कोहारसहित वडामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खबर सबै