

सौर्यमण्डलका ६ वटा ग्रह एकैसाथ अवलोकन गर्न सकिने



काठमाण्डौ : सौर्यमण्डलमा रहेका ६ वटा ग्रह पृथ्वीबाट एकसाथ अवलोकन गर्न सकिने भएको छ । सौर्यमण्डलका मुख्य चम्किला ग्रहहरू शुक्र, मङ्गल, वृहस्पति, शनि, अरुण र वरुण एकसाथ खाली आँखाले अवलोकन गर्न सकिने भएको हो ।
यी ग्रहहरु आजदेखि यही माघको तेस्रो हप्तासम्म आकाशको एउटै भागमा खाली आँखाले अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति कीर्तिपुरका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सूर्य अस्ताउने बित्तिकै दक्षिण पश्चिम दिशादेखि उत्तर पूर्व दिशामा सफा आकाशमा सहजरूपमा देख्न सकिनेछ । शनि, शुक्र, वृहस्पति र मङ्गललाई नाङ्गो आँखाले स्पष्ट देख्न सकिने छ भने अरुण र वरुण मधुरो देखिनेछन्, तर दुरबिनको सहायताले भने छ वटै ग्रहलाई स्पष्ट देख्न सकिने उहाँले बताउनुभयो ।
ग्रहहरुको पङ्क्तिमा बुध ग्रह पनि रहेको भए पनि सूर्यको अत्यधिक प्रकाशका कारण स्पष्ट देख्न भने सकिँदैन । यो दुर्लभ क्षण नेपालसहित विश्वका उत्तरी धुव्रमा पर्ने धेरै ठाउँबाट देख्न सकिने शर्माले जानकारी दिनुभयो ।
बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरमा आज बेलुकी ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई निःशुल्क अवलोकन गर्न सकिन्छ ।


खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया