

राष्ट्रिय वाणिज्य बैंक वाणगंगा शाखाले मनायाे ६०औं वार्षिकोत्सव




भगवती न्यौपाने, कपिलवस्तु, माघ १० । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय वाणगंगाको ६०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गणेशबहादुर क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सशक्त रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो। शाखा कार्यालय वाणगंगाले सुरुवाती चरणदेखि नै उत्कृष्ट सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै, बैंकले साना तथा ठूला व्यवसायीहरूलाई निरन्तर सहयोग गर्दै आएको कुरा उहाँले बताउनुभयो। साथै, कृषि तथा युवा व्यवसायहरूको फस्टाउनमा बैंकको ठूलो योगदान रहेको चर्चा गर्दै आगामी दिनमा थप सफलताको कामना गर्नुभयो।
शाखा प्रबन्धक रोमनाथ न्यौपानेले वाणिज्य बैंक सक्षम र अब्बल रहेको बताउँदै आगामी दिनमा थप सेवा सुविधा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले साना किसानहरूलाई समेत सेवा दिँदै आएको उल्लेख गर्दै, बैंकले आफ्नो नीति र परिधिभित्र रही सेवा प्रदान गर्दै आएको स्पष्ट गर्नुभयो।
कपिलवस्तु नागरिक समाजका अध्यक्ष अर्जुन प्रसाद पोख्रेलले कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकको सेवासुविधा भरपर्दो रहेको र अन्य बैंकभन्दा उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो। लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएको पोख्रेलले बैंकले आफ्नो व्यवसायलाई सहयोग गर्दै आएको अनुभव सुनाउँदै सेवा विस्तार गर्न आग्रह गर्नुभयो।
त्यसैगरी, बैकबाट सेवा लिनु भएका खुमानन्द घिमिरेले नयाँ व्यवसायीहरूलाई बैंकले उत्कृष्ट सेवा प्रदान गर्दै आएकोमा प्रशंसा गर्नुभयो।
कार्यक्रम शाखा प्रबन्धक रोमनाथ न्यौपानेको अध्यक्षता, भेषव पोख्रेलको स्वागत मन्तव्यमा र भएको कार्यक्रमको सञ्चालन सहायक शाखा प्रमुख रचना गौतमको गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विधामा योगदान पु¥याएका ११ जनालाई सम्मान गरिएको थियो। कार्यक्रममा बैंकका ग्राहक, विभिन्न क्षेत्रका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालकै सबैभन्दा पुरानो र ठूलो बैंकहरूमध्ये एक हो, जसले लामो समयदेखि देशको बैंकिङ क्षेत्रमा नेतृत्व गर्दै आएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया