

महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध खाेप अभियान, बाणगंगाका ५ हजार किशाेरीहरु लाभान्वित हुँदै




वाणगंगा नगरपालिकामा एच.पि.भी खोप सम्बन्धित अभिमुखीकरण कार्यक्रम सम्पन्न ।। नेपाल सरकारको महत्वपुर्ण अभियानलाई सफल पार्ने नगर प्राुख अर्यालको दावि ।।
भगवती न्यौपाने कपिलवस्तु ७ माघ। कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा एच.पि.भी खोप अभियानलाई प्रभावकारी बनाउन पालिका स्तरिय समन्वय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रममा नगरका करिब ५ हजार किशोरी लाभान्वित हुने अनुमान गरिएको छ ।
कार्यक्रममा खोप अभियानको महत्व, लक्ष्य समूह, सञ्चालन प्रक्रियासँग सम्बन्धित विषयहरूमा छलफल गरिएको थियो । वाणगंगा नगरपालिकाका मेयर तथा अभिमुखीकरण कार्यक्रमका अध्यक्ष चक्र पाणी अर्यालले एच.पि.भी खोपले पाठेघरको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई प्रभावकारी बनाउन सबै तहबाट सहयोग जुटाउनु पर्नेमा जोड दिनुभयो। साथै उहाँले नेपाल सरकारको महत्वपुर्ण अभियानलाई वाणगंगा नगरपालिकाले पनि सफल पार्ने दावि गर्नु भयो । यस खोपबाठ कोहि छुटन नहुने बताउदै किशोरी सँगै अभिभावकलाई पनि सचेतना बनाउनु पर्ने उहाँको भनाई थियो ।
जनस्वास्थ्य अधिकृत गरिमा घिमिरेले पाठेघरको मुखको क्यान्सर,यसको रोकथाम सँगै निवारणको बारेमा बताउनु भएको थियो । खोप अभियानलाई सफल बनाउन समुदायमा स्वास्थ्य शिक्षा र जनचेतनाको आवश्यक बारे बताउदै खोप निशुल्क र सुरक्षित रहेको बताउनु भयो ।
वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले कार्यक्रमको उदेश्यबारे बताउदै नगरमा माग २९बाट खोप लगाउने जानकारी गराउनु भयो । किशोरीलाई खोप लगाउदा सम्बन्धित वडाका स्वास्थ्य स्वयमसेविका र सम्बन्धित विद्यालयका शिक्षीका द्धारा स्वयमसेविको भुमिकामा रहने बताउनु भयो । साथै उहाँले अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै किशोरीहरूको खोप पहुँच सुनिश्चित गर्न विशेष योजना तयार पारिएको जानकारी गराउनु भयो ।
अभिमुखीकरण कार्यक्रम वाणगंगा नगरपालिकाका उपमेयर रिताकुमारी थारु, प्रमख प्रसासकिय अधिकृत भक्तिराम मरासीनी, वडा अध्यक्षहरु, पिपरा अस्पतालका मेसु सरस्वति भट्राई, हरेक वडाका स्वास्थ्य संस्था प्रमुखहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । नगरका स्वास्थ्य अधिकृत भक्तिराम पाण्डेले सञ्चालन गरेको कार्यक्रममा अभिमुखीकरण कार्यक्रमका उपस्थित सहभागीहरूले खोप अभियान सफल बनाउनका लागि स्वास्थ्य शिक्षा, जनचेतना र सेवा वितरणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएउनु भएको थियो । पालिकास्तरिय यो अभियानले वाणगंगा नगरपालिकामा एच.पि.भी खोपको प्रभावकारिता र जनचेतना बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
पछिल्लो समय नेपालमा पनि महिलाको पाठेघरको मुखको क्यान्सर प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेकाले रोग नियन्त्रणका लागि फलदायी हुने अपेक्षाका साथ नेपाल सरकारले यस वर्षदेखि देशब्यापी कार्यक्रम ल्याएको हो । सरकारले यही माघ २२ देखि आगामी फागुन ६ सम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउने तयारी गरेको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया