

साना किसान भलवाडको ‘स्वच्छ भान्सा परियोजना’: शेयर सदस्यलाई ‘इन्डक्सन सेट’ प्रदान



साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि पछिल्लो केही समय देखि अनुदानमा इन्डक्सन चुलो सेट प्रदान गरिरहेको छ । जसबाट यहाँका संस्थामा आबद्ध शेयर सदस्यहरुले छुटमा डन्डक्सन सेट पाइरहेका छन् ।
सहकारीका प्रबन्धक मानकुमारी गिरीका अनुसार हाल सम्म ७० सेट इन्डक्सन शेयर सदस्यहरुलाई उपलब्ध गराइसकिएको छ । सहकारीले २ सय सेट वितरणको योजना बनाएको छ । सोही अनुसारले आफुलाई आवश्यक पर्ने शेयर सदस्यले सहकारीमा सम्पर्क गरी यो सेट पाउने छन् ।
साना किसान सहकारी भलवाडका अनुसार संस्था बाट शेयर सदस्यहरुलाई स्वच्छ भान्सा परियोजना अन्तर्गत इन्डक्सन सेट वितरण गर्ने कार्यक्रम अन्र्तगत पहिलो चरणमा ५० सेट वितरण गरिएको थियो भने त्यस पछि पनि वितरण भइरहेको जनाइएको छ ।
१ सेट इन्डक्सनको मुल्य ७ हजार एक सय रुपैयाँ पर्छ भने यससँग १ सेट इन्डक्सन, कराई र कुकर समावेश हुन्छन् । सहकारीले साधारण परिवालाई दुई हजार एक सय पचास तथा रातो कार्डवाहक गरिब परिवार तथा ५० बर्ष ननाघेका एकल महिलालाई ३ हजार ६५० रुपैयाँ छुट हुने गरी उपलब्ध गराएको छ । यो छुटका लागि सदस्यले परिचय पत्र लिएर आउन पनि प्रबन्धक गिरीको अनुरोध छ ।
सहकारीले विशेष गरी गरिब, विपन्न तथा एकल महिलाहरुलाई यो कार्यक्रमको प्राथमिकतामा राखेको छ । तर संस्थामा आबद्ध सबै शेयर सदस्यले पनि यो कार्यक्रमबाट सेवा पाउने जनाइएको छ । अबको केही दिनमा थप ५० सेट इन्डक्सन आउने तयारीमा रहेको पनि सहकारीले साझाकुरालाई जानकारी दिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया