

साना किसान भलवाडको ‘स्वच्छ भान्सा परियोजना’: शेयर सदस्यलाई ‘इन्डक्सन सेट’ प्रदान



साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि पछिल्लो केही समय देखि अनुदानमा इन्डक्सन चुलो सेट प्रदान गरिरहेको छ । जसबाट यहाँका संस्थामा आबद्ध शेयर सदस्यहरुले छुटमा डन्डक्सन सेट पाइरहेका छन् ।
सहकारीका प्रबन्धक मानकुमारी गिरीका अनुसार हाल सम्म ७० सेट इन्डक्सन शेयर सदस्यहरुलाई उपलब्ध गराइसकिएको छ । सहकारीले २ सय सेट वितरणको योजना बनाएको छ । सोही अनुसारले आफुलाई आवश्यक पर्ने शेयर सदस्यले सहकारीमा सम्पर्क गरी यो सेट पाउने छन् ।
साना किसान सहकारी भलवाडका अनुसार संस्था बाट शेयर सदस्यहरुलाई स्वच्छ भान्सा परियोजना अन्तर्गत इन्डक्सन सेट वितरण गर्ने कार्यक्रम अन्र्तगत पहिलो चरणमा ५० सेट वितरण गरिएको थियो भने त्यस पछि पनि वितरण भइरहेको जनाइएको छ ।
१ सेट इन्डक्सनको मुल्य ७ हजार एक सय रुपैयाँ पर्छ भने यससँग १ सेट इन्डक्सन, कराई र कुकर समावेश हुन्छन् । सहकारीले साधारण परिवालाई दुई हजार एक सय पचास तथा रातो कार्डवाहक गरिब परिवार तथा ५० बर्ष ननाघेका एकल महिलालाई ३ हजार ६५० रुपैयाँ छुट हुने गरी उपलब्ध गराएको छ । यो छुटका लागि सदस्यले परिचय पत्र लिएर आउन पनि प्रबन्धक गिरीको अनुरोध छ ।
सहकारीले विशेष गरी गरिब, विपन्न तथा एकल महिलाहरुलाई यो कार्यक्रमको प्राथमिकतामा राखेको छ । तर संस्थामा आबद्ध सबै शेयर सदस्यले पनि यो कार्यक्रमबाट सेवा पाउने जनाइएको छ । अबको केही दिनमा थप ५० सेट इन्डक्सन आउने तयारीमा रहेको पनि सहकारीले साझाकुरालाई जानकारी दिएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया