



क्रिकेटबाट सन्न्यास लिने सन्दीपको संकेत


काठमाडौं | नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिन खोजेको आशय व्यक्त गरेका छन् । गतराति उनले आधिकारिक फेसबुक पेजमार्फत यस्तो सन्देश दिएका हुन् ।
उनले क्रिकेटबाट सन्न्यास लिएको भनेर नखुलाए पनि आशयचाहिँ त्यस्तै लाग्नेखालको छ । सो पोस्टमा उनले सबैलाई धन्यवाद दिएका छन् । उनका शुभचिन्तकले पनि उक्त पोस्टमा निवृत्त जीवन सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ। शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु।’
सन्दीपले हालै सम्पन्न जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए भने केही समयअघि सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए ।
सन्दीपले नेपालका लागि ५८ एकदिवसीय र ५८ टी-२०आई खेलेका छन् । नेपाली टोलीबाट विश्वकप पनि खेलिसकेका उनले आइपीएल र बीबीएललगायत विश्वका चर्चित लिगहरू खेलिसकेका छन् ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया