

यू-१९ महिला टी२० विश्वकपको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं | आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई बंगलादेशले ५ विकेटले हराएको हो ।
नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन् भने अफिया अशिमाले अविजित ९ रन बनाइन् ।
नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक-एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रन बनाइन् ।
बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १-१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए । नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग सोमबार खेल्ने छ ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया