

मापसे गरि सवारी चलाउँदा ५ महिनामा ४७ काे मृत्यु, कुन प्रदेशमा कति ?



मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ५ महिनामा ४७ जनाले ज्यान गुमाएका छन्।
नेपाल प्रहरीको तथ्यांक अनुसार गएको साउनदेखि मंसिरसम्म भएका दुर्घटनामध्ये ६ सय २१ दुर्घटना मापसेका कारण भएको खुलेको हो। जसमा ४७ जनाको मृत्यु भएको छ भने ८०७ जना घाइते भएका छन्।
सबैभन्दा धेरै उपत्यकामा ३७७ दुर्घटना मापसेका कारण भएको पाइएको छ। १६ जनाको मृत्यु र ३८९ घाइते भएका छन्।
मधेस प्रदेशमा ५ महिनामा मापसेका कारण ८२ दुर्घटना हुँदा १५४ जना घाइते भएका छन्। एक जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशमा ४३ दुर्घटना हुँदा १० जनाको मृत्यु र ७० जना घाइते भएका छन्।
मापसे गरेर भएको दुर्घटना सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको छ। जहाँ मृत्युका घटना छैनन् भने घाइते १४ जना छन्। कर्णालीमा मापसेका कारण १२ वटा सवारी दुर्घटना भएका छन्।
कोसी र सुदूरपश्चिम प्रदेशको तथ्यांक उस्तै छ। यी दुई प्रदेशमा ५ महिनामा २८ दुर्घटना हुँदा ७ जनाको मृत्यु र ५० जना घाइते भएका छन्।
बागमती प्रदेशमा २८ दुर्घटना हुँदा ४४ जना घाइते भएका छन्। ३ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशमा मापसे गरेर सवारी चलाउँदा ५ महिनामा २३ दुर्घटना भएको छ।
जसमा ३ को मृत्यु र ३६ जना घाइते भएका छन्।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया