

लुम्बिनीको मायादेवी मन्दिरको दानपेटीबाट १ करोड ४३ लाख संकलन


बुटवल : बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटीबाट यसपटक १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रूपैयाँ संकलन भएको छ। यो रकम आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रोपटक गरिएको दानपेटी गणनाबाट प्राप्त भएको लुम्बिनी विकास कोषले जनाएको छ।
पुस १८ गतेदेखि २३ गतेसम्म, पाँच दिन लगाएर दानपेटीको गणना गरिएको थियो। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार दानपेटी खोल्न र रकम गणना गर्न स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, प्रहरी, र अन्य सरोकारवालाहरूको उपस्थितिमा प्रक्रिया सम्पन्न गरिएको हो।
दानपेटीमा संकलित रकमलाई सिसिटिभी क्यामेराको निगरानीमा ३२ जना कर्मचारीहरूले गणना गरेका थिए। मन्दिरमा आउने श्रद्धालु र तीर्थयात्रीहरूले चढाएको दानबाट संकलित यो रकम कोषको आन्तरिक खर्च व्यवस्थापनमा प्रयोग हुँदै आएको छ।
मायादेवी मन्दिरमा आउने तीर्थयात्रीहरूले श्रद्धा र आस्थाका साथ चढाउने दान मन्दिरको सञ्चालन र व्यवस्थापनका लागि महत्त्वपूर्ण स्रोत बन्दै आएको छ। लुम्बिनी विकास कोषले यो रकमलाई पारदर्शी ढंगले प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया