

पाल्पाको सिद्धबाबा सुरुङमार्ग अब ७.८ मिटर मात्र खन्न बाँकी


काठमाडौं | सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्ग अब ७.८ मिटर मात्र खन्न बाँकी रहेको छ। ‘ब्रेक थ्रु’ का लागि डेढ मिटर खन्न बाँकी राखिने सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिने सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए। ‘सुरुमा ‘ब्रेक थ्रु’ माघ २ गते गर्ने तयारीमा थियौं,’ उनले भने, ‘उक्त मितिमा प्रधानमन्त्रीज्युको समय नमिल्ने भएकाले कुनै समस्या आइनपरे माघ ८ गते गर्ने तयारीमा छौं।’ सुरुमा आयोजनाले पुस अन्तिमसम्म ‘ब्रेक थ्रु’ हुने जनाएको थियो। पछि समय सारिएको योजना कार्यालयले जनाएको छ।
आपत्कालीन द्वारका रूपमा तीन वटा ‘क्रस प्यासेज’ निर्माण गरिएको छ। तीनवटै क्रस प्यासेजको ‘ब्रेक थ्रु’ भइसकेको छ। उक्त क्रस प्यासेजहरूको कुल दूरी ४ सय ४१ मिटर छ । मुख्य सुरुङको लम्बाइ भने १ हजार १ सय २६ मिटर हो। डेढ मिटर खन्न बाँकी राखेर त्यसबीचमा विस्फोटक गराएर निस्किएको ढुंगा माटो सफा गरिने निर्देशक झाले बताए।
सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घट्ना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । अहिलेसम्म समग्र आयोजनाको प्रगति ३८.८५ प्रतिशत छ।
ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो। यसको समयावधि ०८३ फागुनसम्म छ। रुख कटान लगायत कारणले भएको ढिलाइको क्षतिपूर्तिस्वरूप निर्माण व्यवसायीले ९ महिना समय थप गर्न माग गरेका छन्। यसबारे कुनै निर्णय भइनसकेको निर्देशक झाको भनाइ छ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया