बिहानी महिला सहकारी संस्थाकाे १०औं साधरणसभा सम्पन्न

रामबहादुर गन्धर्व – २३ पौष । कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका -५ काेपवास्थित बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि. काे १०औं साधरणसभा सम्पन्न भएको छ। मंगलबार आयोजित सभाकाे उदघाटन गर्दै बाणगङ्गा नगरपालिकाकि उपप्रमुख रिताकुमारी चौधरीले बिहानी सहकारी नगरमै पहिलो सहकारीको रूपमा स्थापित हुनुमा समूहमा आवद्व दिदीबहिनीहरूकाे महत्त्वपूर्ण भुमिका रहेको ,आफु यही संस्थाबाट उप्रमुखमा पदस्थापन भएको बताइन ,साथै उनलेे आफुले लिएको ऋणकाे सही सदुपयोग गर्न आग्रह गर्दै दुग्ध संकलन केन्द्र निर्माणका लागि प्रदेश सरकारबाट १०लाख बजेट बिनियाेजन भएको जानकारी दिदै नगरको तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता जनाइन् । त्यस्तै :कार्यक्रमलाई सम्बाेधन गर्दै बाणगङ्गा नगरपालिकाका पशु शाखा प्रमुख राजकुमार तिवारी ,सहकारी शाखा प्रमुख सन्जुदेवी आचार्य लगाएतले बाेल्दै सहकारीको मुल्यांकन ,प्रशंसा गर्दै नगरपालिका भित्र रहेका ३६वटा सहकारी मध्ये बिहानी सहकारीले छुट्टै पहिचान बनाउन सफल भएको बताउदै ,सहकारीमा आवद्व किसानहरूलाई उत्पादनकाे आधारमा २%प्रतिशत अनुदान उपलब्ध गराउने प्रतिबद्धता गरे । संस्थाकि अध्यक्ष तुल्सी थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २७जना महिलाहरूले २०७१ साल चैत २गते बिधिवत रूपमा स्थापना गरेको यस् सहकारीमा हाल १हजार ३सय ८३जना सदस्य आवद्व रहेको , २० रूपियाबाट बचत शुरू गरेका सदस्यहरूले अहिले १हजारसम्म बचत गर्ने गरेकाे हाल ८० वटा समूहहरू सहकारीमा आवद्व रहेको जानकारी २०८१/०८२ मा प्रतिदिन कम्तीमा १५००लिटर दूध संकलन गर्ने ,शेयरसदस्य १३८३बाट बृद्धि गरि १हजार ५००जना पुर्याउने बचतमा २कराेड ५२लाख २५हजारबाट बृद्धि गरि ३कराेड पुर्याउने लक्ष्य सहित भावी याेजनाहरू पेश गरिन ,लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयाेजक बिमला कुमारी जाेशीले संस्थाकाे कुल शेयर पुँजी ४कराेड १४लाख २१हजार ७सय ७९रूपियां रहेको जानकारी गरिन। संस्थाकि काेषाध्यक्ष बिना मल्लले ६कराेड ८८लाख २२हजार १सय ८९ रूपैयाँ बराबरको आय-ब्याय सार्वजनिक गरिन । कार्यक्रम साे अवसरमा संस्थाले असल बचतकर्ता ज्येष्ठ महिलाहरूलाई दाेसल्ला सहित सम्मानपत्र ,संस्थामा उत्पादित घिऊ प्रदान गर्दै सम्मान गरेको छ,त्यस्तै केही किसानहरूलाई हौसला स्वरूप १/१थान बाल्टी हस्तान्तरण गरेको छ भने बाल बचत ,नियमित बचत ,समूह बचत ,दिर्घकालीन बचत गर्ने सदस्यहरूलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको थियो । त्यस्तै समूहमा आवद्व असाहय सदस्यहरूका बालबालिकालाई शैक्षिक टेवा दिने उद्वेश्यले छात्रवृत्ति स्वरूप कपी झाेला हस्तान्तरण गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष तुल्सी थापाको अध्यक्षता हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत राधाकृष्ण शर्मा ,हिमाली बचत तथा ऋण सहकारीका सचिव कमलप्रसाद खनाल लगायतको बिशिस्ट आतिथ्यता ,विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,सुरक्षाकर्मी ,शेयर सदस्यहरूकाे उल्लेखनीय सहभागीता रहेको उक्त कार्यक्रम शिवकला बेलबासेकाे स्वागत र नर्मदा चुँदालीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै