

देशभर धान उत्पादनमा बृद्धि, लुम्बिनी र मधेशले बढायो कुल उत्पादन



कपिलवस्तु | नेपालमा धान उत्पादन बढ्दै गएको पाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, चालु आर्थिक वर्ष २०८१र८२ मा धानको उत्पादन ४.०४ प्रतिशतले वृद्धि भएको छ। प्रारम्भिक अनुमानअनुसार, यस वर्ष धानको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ टन हुने देखिएको छ, जबकि गत वर्ष ५७ लाख २४ हजार २ सय ३४ टन थियो।
मन्त्रालयका अनुसार, वर्षे धानको उत्पादनमा पनि उल्लेखनीय वृद्धि भएको छ। यस वर्ष ५४ लाख ११ हजार ८ सय ३ टन वर्षे धान उत्पादन भएको छ, जुन गत वर्षको ५२ लाख ३ हजार ४ सय २६ टनको तुलनामा ३.७ प्रतिशतले बढेको हो। त्यस्तै, चैते धानको उत्पादन पनि ५ लाख ४४ हजार ३ सय ९३ टन पुगेको छ, जुन गत वर्षको ५ लाख २० हजार ८ सय ८ टन भन्दा बढी हो।
लुम्बिनी र मधेशले बढायो धानको कुल उत्पादन
प्रदेशगत हेर्दा यो वर्ष मधेश, लुम्बिनी र कोसी प्रदेशका कारण कुल राष्ट्रिय उत्पादनमा वृद्धि भएको देखिन्छ । कोसीमा यो वर्ष १४ लाख ६६ हजार ५ सय १८ टन अर्थात् गत वर्षभन्दा २.१६ प्रतिशतले धान उत्पादन बढेको छ ।
गत वर्ष १४ लाख ३५ हजार ५ सय ७८ टन उत्पादन भएको थियो । मधेशमा पनि यो वर्ष उत्पादन ह्वात्तै बढेको छ । गत वर्ष १३ लाख ३७ हजार ६ सय ७२ टन उत्पादन भएको थियो । यो वर्ष १०.७० प्रतिशत बढेर १४ लाख ८० हजार ८ सय ३० टन पुगेको छ ।
असोजको दोस्रो साता आएको बाढीका कारण बागमतीको धान उत्पादन भने कमी आएको छ । बागमतीमा ४ लाख ९८ हजार ६ सय ६२ टन उत्पादन भएको छ, जबकि गत वर्ष ५ लाख ४ हजार ३ सय ४४ टन धान उत्पादन भएको थियो ।
बागमतीमा १.१३ प्रतिशतले उत्पादन घटेको हो । गण्डकीमा पनि उत्पादन घटेको छ । गत वर्ष ३ लाख ९१ हजार ६ सय २४ टन धान उत्पादन हुँदा यो वर्ष घटेर ३ लाख ७९ हजार ३२ टन उत्पादन भएको हो ।
लुम्बिनीमा भने धान उत्पादन बढेर लुम्बिनी १३ लाख ६४ हजार ३१ टन उत्पादन भएको छ । गत वर्ष १३ लाख १० हजार ८ सय २९ टन उत्पादन थियो । जुन यो वर्ष ४.०६ प्रतिशतले घटेको हो ।
यस्तै कर्णालीमा धान उत्पादन स्वाट्टै घटेको छ । गत वर्ष १ लाख ४५ हजार ६३ टन उत्पादन भएकोमा यो वर्ष १०.२५ प्रतिशतले घटेर कर्णालीमा १ लाख ३० हजार १ सय ९१ टनमात्र उत्पादन भएको हो ।
सुदूरपश्चिम प्रदेशमा भने धान उत्पादन ६.१९ प्रतिशतले बढेर ६ लाख ३६ हजार २ सय १२ टन पुगेको छ । गत वर्ष ५ लाख ९९ हजार १ सय २४ टन उत्पादन भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया