

नेपाल–भारत सैन्य अभ्यास सालझण्डीमा सुरु


रुपन्देही । नेपाल र भारतकाबीच हुँदै आएको सैन्य अभ्यास ‘सूर्यकिरण’को १ ८औँ संस्करण मंगलबारदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ। सैन्य अभ्यास यही पुस २९ गतेसम्म जारी रहने छ।
सैन्य अभ्यास जंगल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतंकवादीविरुद्धको अभियान, संयुक्त राष्ट्रसंघीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षणलगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुनेछ।
सैन्य अभ्यासमा नेपाली सेनाको श्रीजंग बटालियन र भारतीय सेनाको ११औँ गोर्खा राइफल्स सहभागी भएका छन्। अभ्यासबाट नेपाल र भारतबीचको मैत्री, विश्वास र साझा सांस्कृतिक सम्बन्ध अझ विस्तार हुनाका साथै दुई देशका व्यावसायिक सेनाको सहकार्य एवं सहयोग अझ सुदृढ हुने नेपाली सेनाको विश्वास छ।
वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी हुने विसं २०६७ बाट सैन्य अभ्यास सुरु भएको थियो। यो सैन्य अभ्यासमा हालसम्म नेपाली सेनाका ४ हजार २ सय १५ जना र भारतीय सेनाका ४ हजार ४ सय ४२ जना सैनिक सहभागी भएका छन्।
नेपालखबरबाट ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया