

प्रदेश सरकारलाई जिम्मेवारीविहीन बनाइँदा बाल विवाह न्यूनीकरणमा चुनौती : मन्त्री भट्टराई



काठमाडौं | लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री दिनेश भट्टराईले प्रदेश सरकारलाई जिम्मेवारीविहीन बनाइँदा बाल विवाह न्यूनीकरण हुन कठिन भएको बताएका छन् ।
मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघले प्रदेशलाई अधिकारविहीन बनाएको आरोप लगाए ।
उनले भने, ‘संघीय सरकारले प्रदेश सरकारलाई विश्वास गर्न सकेको छैन । अधिकार दिन सकेको छैन । त्यसकारण बाल विवाह अन्त्यको कार्यक्रम सफल हुन सकेको छैन । लुम्बिनीमा ५० प्रतिशत थारु समुदाय रहेको छ । बाल विवाहको तथ्याङ बाँके र बर्दियाको ७० र ६५ प्रतिशत छ । सिन्दर लगाएर स्कुल पढ्न आएका छन् । उमेर १४ वर्ष कक्षा ९ मा पढ्दै छन् ।’
साथै, मन्त्रीले लुम्बिनीमा ३१ प्रतिशत अझै शिक्षाको पहुँच बाहिर रहको बताउँदै भने, ‘सानै उमेरमा विवाह गरे, मलाई विवाह बारे थाहै थिएन भन्छन् । नेतृत्वले अहिले पनि ढाकछोप गरिरहेको छ । मेरो मान्छे हो भनेर प्रहरीलाई छोड्न निर्देशन दिइन्छ । प्रशासनलाई काम गर्न दिइँदैन । यसरी कसरी बाल विवाहको अन्त्य हुन्छ ? उनी प्रश्न गर्छन् ।
संघीय सरकारबाट लिने अधिकार र स्थानीय सरकारलाई दिने अधिकारबीच प्रदेश अन्योलको स्थितिमा रहुन्जेल कार्यक्रम सफल नहुने उनको तर्क छ । मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया