

सवारी दुर्घटना : कपिलवस्तुमा एकसहित विभिन्न स्थानमा ५ जनाको मृत्यु



कपिलवस्तु । कपिलवस्तु, वाणगंगा नगरपालिका(१० मझौवास्थित सडकमा लु।३८ प ४१४१ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा चालक शुद्धोधन गाउँपालिका(४ बस्ने ३२ वर्षीय अक्रम हुसेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राम बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
गढवा गाउँपालिका(५ कक्रहवास्थित सडकमा रा।१ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार राजपुर गाउँपालिका(३ भैसहवा बस्ने ५० वर्षीय तुलाराम विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागलुङ, गल्कोट नगरपालिका(८ जोईढुङ्गास्थित सडकमा लु।३ च १८९१ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार नवलपरासी पूर्व कावासोती नगरपालिका(३ बस्ने ५१ वर्षीय सुर्य बहादुर भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गलकोटमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, वीरगंज महानगरपालिका(२५ बहुअरीस्थित सडकमा हाल नम्बरको नखुलेको सवारी साधनले ना।२५ प ९०९१ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा सुवर्ण गाउँपालिका(२ कवही टोल बस्ने प्रमोद मिश्राको छोरा १६ वर्षीय राज मिश्राको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई हाल फरार रहेको सवारी साधनको खोजी गरिरहेको छ ।
खोटाङ, केपिलासगढी गाउँपालिका(३ राखी तापखोलास्थित सडकमा ना।१ ज ७१८१ नम्बरको सुमो बुधबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार सोही गाउँपालिका(१ बस्ने ७३ वर्षीय दुर्गा प्रसाद राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया