कैलाश आश्रमको अध्यक्षमा लायन्स कपिलवस्तुका सहसचिव गिरिराज कँडेल

लायन्स क्लव अफ कपिलवस्तुका सहसचिव, समाजसेवी र व्यवसायी गिरिराज कँडेलले श्री कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन्। नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत रूपमा कँडेललाई अध्यक्ष चयन गरेको हो। अब उनले आगामी तीन वर्षसम्म संस्थाको नेतृत्व गर्नेछन्।

नयाँ कार्यसमितिमा उपाध्यक्ष हुमकला पछाई, सचिव बुद्धिराम घिमिरे, सह–सचिव अनिशा खड्का र कोषाध्यक्ष धनराज रेग्मी चयन भएका छन्। अन्य सदस्यहरूमा नारायण कँडेल, पुष्कर घिमिरे, यम कुमारी महत, तिलकराम शर्मा, तुलसा थापा र शङ्कर बहादुर थापा रहेका छन्।

त्यसैगरी, नन्दराम पौडेलको संयोजकत्वमा जीवलाल घिमिरे र कमला भट्टराई सदस्य रहने गरी लेखा समिति गठन गरिएको छ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सहकारी संस्थाले नगरको विकासमा पु¥याएको योगदानको प्रशंसा गरे। उनले सहकारीहरू समाज परिवर्तनका बलिया खम्बा भएको उल्लेख गर्दै आगामी दिनमा थप सक्रियताको अपेक्षा राखे।

नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष विष्णु प्रसाद पौडेलले सहकारीको आर्थिक व्यवस्थापनलाई अझ सशक्त बनाउन सुझाव दिए।


कार्यक्रममा पशुसेवा शाखाका प्रमुख राजकुमार तिवारी, मनकामना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुक्त बहादुर कार्की, बाणगंगा मौरीपालन तथा मह उत्पादक संस्था लिमिटेडका अध्यक्ष लिलापति घिमिरे लगायत थुप्रै संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


संस्थाका निवर्तमान अध्यक्ष खुमलाल शर्माको अध्यक्षता, उपाध्यक्ष पम्फा कँडेलको स्वागत मन्तव्य र नव–अध्यक्ष गिरिराज कँडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। नयाँ नेतृत्वले सहकारीलाई थप उचाइमा पु¥याउने आशा व्यक्त गर्दै सहभागीहरूले शुभकामना व्यक्त गरे।

कडेँल लायन्स क्लव अफ कपिलवस्तुबाट आफ्नो जिम्मेवारी के हो भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनको जिम्मेवारीमा रहेका पदहरुको सफल नेतृत्व लायन्स कपिलवस्तुमा कडेलले गरेका छन् ।

प्रतिक्रिया

खबर सबै