चप्परगाउँमा जिपले ठक्कर दिएकी ३ वर्षीया बालिकाको मृत्यु

साझाुकुरा, कपिलवस्तु । बाणगंगा नगरपालिका-८ चप्परगाउँमा सोमबार बिहान जिपको ठक्करबाट ३ वर्षीया बालिका अप्सना भुसालको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप जिपले आमा र छोरीलाई ठक्कर दिएको थियाे । बालिकाकाे उपचारका क्रममा मृत्यु भएको हाे ।

घटनामा बालिका अप्सना भुसाल गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ। मृतककी आमा रिता भुसाल भने सामान्य घाइते भई उपचार पछि घर रिफर गरिएको प्रहरीको भनाइ छ।

सोमबार बिहान करिब १० बजे आमा र छोरी विद्यालय जानका लागि घरबाट बाहिर निस्किएका थिए, तर यसै क्रममा जिपले उनीहरूलाई ठक्कर दिएको थियो। गाडी चालकलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

खबर सबै