

दाङमा दुई युवकमाथि धारिलो हतियार प्रहार, एकजना पक्राउ



दाङ | दाङको तुलसीपुरस्थित बिजौरीमा दुई जनामाथि धारिलो हतियार प्रहार भएको छ। तुलसीपुर उपमहानगरपालिका-७ का ३० वर्षीय सुरेश रसाइली र २८ वर्षीय सुरज पुनमाथि गएराति पसलमा सामान किनिरहेको समयमा युवाहरुको एक समूहले धारिलो हतियार प्रहार गरेका हुन्।
तुलसीपुर – १८ माल बिजौरीस्थित किराना पसलमा सामान किन्न गएका रसाइली र पुनमाथि राति १० बजेतिर स्थानीय ३२ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय सन्दिप चौधरी र ३१ वर्षीय रेशम चौधरीले ग्राँसी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
आक्रमणको घटनामा संलग्न प्रकाश चौधरीलाई प्रहरीले मध्येराति पक्राउ गरेको छ। अन्य दुई जना फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी निरीक्षक थापाले बताए ।
धारिलो हतियार प्रहारबाट रसाइलीको बाँया कानको पुनको बाँया हातमा चोट लागेको अस्पतालले जानकारी दिएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया