

माछा मार्न बिस्फोटक पदार्थ बनाउने क्रममा अचानक पड्कँदा एक जनाको मृत्यु



रुपन्देही | माछा मार्न बिस्फोटक पदार्थ बनाउने क्रममा अचानक पड्कँदा शुक्रबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तिनाउ गाउँपालिका–२ का २८ वर्षीय सुरज सोमै रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुनील मल्लले जानकारी दिए।
उनका अनुसार तिनाउ गाउँपालिका–२ बुढाचटकमा माछा मार्न सलाइको काँटीबाट बनाएको बिस्फोटक पदार्थ अचानक पड्कँदा सोमैसहित तीन जना घाइते भएका थिए।
घाइते हुनेमा तिनाउ गाउँपालिका–२ का सुरज सोमै, तिलोत्तमा नगरपालिका–४ का २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल थिए।
घाइते तीनै जनालाई बुटवल हस्पिटल प्रालि पठाइएकामा सोमैको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।
उपचारका क्रममा रहेका कोसिसको अवस्था चिन्ताजनक रहेको कुशलको अवस्था भने सामान्य रहेको मल्लले बताए।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया