

माछा मार्न बिस्फोटक पदार्थ बनाउने क्रममा अचानक पड्कँदा एक जनाको मृत्यु



रुपन्देही | माछा मार्न बिस्फोटक पदार्थ बनाउने क्रममा अचानक पड्कँदा शुक्रबार एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तिनाउ गाउँपालिका–२ का २८ वर्षीय सुरज सोमै रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुनील मल्लले जानकारी दिए।
उनका अनुसार तिनाउ गाउँपालिका–२ बुढाचटकमा माछा मार्न सलाइको काँटीबाट बनाएको बिस्फोटक पदार्थ अचानक पड्कँदा सोमैसहित तीन जना घाइते भएका थिए।
घाइते हुनेमा तिनाउ गाउँपालिका–२ का सुरज सोमै, तिलोत्तमा नगरपालिका–४ का २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल थिए।
घाइते तीनै जनालाई बुटवल हस्पिटल प्रालि पठाइएकामा सोमैको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।
उपचारका क्रममा रहेका कोसिसको अवस्था चिन्ताजनक रहेको कुशलको अवस्था भने सामान्य रहेको मल्लले बताए।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया