

एनपीएलमा आजदेखि प्लेअफका खेलहरु हुने


काठमाडौँ ,०३ पुस: नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बुधबार) देखि प्लेअफका खेलहरु सुरु हुदैछन्।
एनपीएलको लिग चरणको खेलबाट शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाएका हुन्। अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायर्स खेल्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान हुने पहिलो खेलमा एलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्स भिड्नेछन्।
सो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ। यो खेलको विजेताले दोस्रो क्वालिफायर्स खेल्नेछ। पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिनेछ।
बुधबारको दोस्रो खेलमा पहिलो क्वालिफायर्स खेल हुनेछ। पहिलो क्वालिफायर्समा शीर्ष स्थानको सुदुरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स खेल्नेछन्। सो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ।
यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ। दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्। दोस्रो क्वालिफायर्स खेल बिहीबार हुनेछ। फाइनल खेल शनिबार हुनेछ।
पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ। यो पुरस्कार रकम नेपाली खेलकुदमा अहिलेसम्मको सर्वाधिक पुरस्कार रकम हो।
एनपीएलको उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउनेछन्।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया