
कपिलबस्तुको श्रीनगर गाउँबाट चितुवा नियन्त्रणमा

कपिलबस्तु । कपिलवस्तुमा महिनौदेखि गाउँ बस्तीमा नागरिकहरुलाई त्रास फैलाइरहेको चितुवा नियन्त्रणमा लिइएको छ । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहा र डिभिजन वन कार्यलय गौतमबुद्धको टोलीले नियन्त्रणमा लिएको हो ।
डिभिजन वन कार्यलय गौतमबुद्धका डिभिजन प्रमुख राजु क्षेत्रीका अनुसार कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं। ६ श्रीनगर गाँउको उखुबारीबाट चितुवालाई ‘क्यामरा ट्रयाप’ गरेर नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘ एक महिना पहिले स्थानियले खबर गरेपछि पदमार्ग पहिचानबाट चितुवा नै रहेको यकिन भएको बताउनुभयो ।’ चितुवा नियन्त्रणका लागि २ वटा ट्रयापमा ६ वटा क्यामेरा जाडान गरी अनुसन्धान गरी रहेको उहाँको भनाइ छ ।
महाराजगन्ज नगरपालिकाको बुटहनिया र कृष्णनगर नगरपालिकाको श्रीनगरको उखुबारीमा क्यामेरा जडान गरिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाबाट २ जना प्राविधिक र डिभिजन वन कार्यलय गौतमबुद्धबाट ५ को टोलीले ११ दिनको अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन प्रमुख क्षेत्रीको भनाइ छ ।
कपिलबस्तु साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष गंगेशनाथ तिवारीका अनुसार चितुवाले बस्तीमा रहेका निलगाई, त्यसका बच्चा, बाख्रा लगायतका जनावार खाएको र चितुवाले गर्दा गाउँमा बस्तिमा त्रास फैलिएको बताउनुभयो । खोरमा बाख्रा राखेर जालमा पारेर चितुवालाई आइताबार राति ९ बजेतिर नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा परेको चितुवा डिभिजन वन कार्यलय गौतमबुद्धमा राखिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया